काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नव निर्वाचित कार्यसमितिलाई आज मध्यपुर थिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले एक समारोहवीच स्वागत सम्मान गरेका छन् । १८ भाद्रमा निर्वाचित सेजनमा जनार्दन बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो ।

यसरी सम्मानित हुनेहरुमा अध्यक्ष बराल सहित उपाध्यक्ष सुजन ओली, महासचिव भागवत भट्टराई, सचिव हिमाल पौडेल र कोषाध्यष लक्ष्मी सापकोटा रहेका छन् । त्यस्तै, कार्यसमिति सदस्यहरु अच्युत पुरी, सोभित थपलिया, अमर बडुवाल, इशारा कोइराला र सीबी अधिकारी समेतलाई स्वागत सम्मान गरिएको थियो ।

241971581_1253087605137881_9147791339242392463_n.jpg

राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना र मध्यपुर थिमी नपाको समन्वयमा उक्त समारोह सम्पन्न भएको थियो । सोही समारोहमा नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र जापानी रिकिसी कम्पोष्ट मल प्रविधि बारे दुई प्रस्तुति र छलफल समेत भएको थियो ।

241916533_834869057215941_5131449692835880583_n.jpg

नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल कसरी नमूना बन्न सफल भयो भन्ने सम्बन्धमा उक्त अस्पतालका कार्यकारी निर्देशक डा. ज्ञानकृष्ण श्रेष्ठले विवरण प्रस्तुत गरेका थिए । साथै जापानी रिकिसी कम्पोष्ट मल प्रालि.का प्रोप्राइटर उषा गिरीले दक्षिण एसियामा नै पहिलो पटक कसरी जापानी प्रविधिको रिकिसी मल उत्पादन संभव भयो भनेर तथ्य प्रस्तुत गरेकि थिइन् । सेजनका निवर्तमान अध्यक्ष तथा सञ्चारकर्मी भीम गौतम र थिमी नपाका योजना महाशाखा प्रमुख सत्य नारायण शाहले समेत प्रस्तुति दिएका थिए ।

241917332_311761987419209_4820226946019716151_n.jpg

तीन दर्जन बढी सञ्चारकर्मीको सहभागितामा सम्पन्न पत्रकार अन्तरक्रिया कार्यक्रममा मध्यपुर थिमी नपाका मेयर मदन सुन्दर श्रेष्ठले चार बर्षमा आफ्नो नेतृत्वमा सम्पन्न उत्साहजनक कामको फेहरिस्त प्रस्तुत गरेका थिए । थिमी नपाका उपमेयर अञ्जनादेवी मधिकर्मी र प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले सेजनको नव निर्वाचित कार्यसमितिलाई बधाई दिएका थिए ।

241898188_1431762690529365_2852492734069551096_n.jpg

राष्ट्रिय सञ्चार केन्द्र नेपालका अध्यक्ष पेशल आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संयोजन केन्द्रकी कोषाध्यक्ष लिला श्रेष्ठले गरेकि थिइन् । केन्द्रका सचिव हेमराज ढकालले सञ्चालन गरेको कार्यक्रममा पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापतिले मन्तब्य राखेका थिए भने निवर्तमान अध्यक्ष पुष्कर बुढाथोकीले कार्यक्रममा उपस्थितलाई धन्यबाद ज्ञापन गरेका थिए ।

241950841_2971020439823493_2307274452024021845_n.jpg

तपाईको प्रतिक्रिया