तेह्रथुम । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शुक्रबार वडा तहको अधिवेशन भएको छ । तेह्रथुममा पनि सबै स्थानीय तहमा वडा तहको अधिवेशन भएको छ । लालीगुराँस नगरपालिकाका नौ वटै वडाले सर्वसम्मत रुपमा नयाँ नेतृत्व पाएका छन् ।

वडा नं. १ मा लोकबहादुर खड्का, वडा नं. २ मा कृष्ण खवाहाङ्ग लिम्बू, वडा नं. ३ मा सुरेन्द्र कार्की, वडा नं. ४ मा केदारमान पौडेल, वडा नं. ५ मा महेन्द्र सुब्बा, वडा नं. ६ मा चन्द्रबहादुर कार्की, वडा नं. ७ मा स्वरुपसिंह खड्का, वडा नं. ८ मा उक्तबहादुर तेयुङ र वडा नंं. ९ मा होमप्रसाद तिम्सीनाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएका छन् । सबै वडामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको लालीगुराँस नगरपालिकाका प्रवक्ता एवम् कांग्रेस नेता देवेन्द्र खड्काले जानकारी दिए ।

‘आमनिर्वाचन नजिकै छ । स्थानीय तहको अधिवेशन पनि आउदैछ । त्यसैले हामीले आपसी छलफलबाट सर्वसम्मतरुपमा नेतृत्व चयन ग¥यौँ,’ खड्काले भने, ‘सबै वडामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरु चयन गरिएको छ ।’

 

तपाईको प्रतिक्रिया