रेवत पारघरी लिम्बु,

तेह्रथुम । तेह्रथुम जिल्लाको छथर गाउँपालिका-४, फक्चामारामा रहेकाे दुई बिद्यालयमा एकै साथ छात्राबृत्ती अक्षयकोष स्थापना गरिएको छ ।

छथर गाउँपालिका-४,  फाक्चामाराकाे हाक्पारामा जन्म भई शिक्षा अार्जनकाे शिलसिलामा आधारभूत तह युकेमा अध्यायन गरि माध्यमिक तह नवीन शिक्षा सदन मा.वि.फाक्चामाराबाट एस. एल. सी. उत्तीर्ण गरेका चन्द्रकला ईमेहाङ्ग कर्मथलाेकाे रुपमा हाल युकेमा छन् ।

समाजसेवी ईमेहाङले एकै साथ आफु जन्मेकाे गाउकाे दुई विद्यालयमा अक्षयकोषकाे स्थापना गरेका हुन । ईमेहाङ्गले अाफ्नाे ४१ औ जन्म उत्सवको अवसरमा छथर गाउँपालिका ४ साविक फाक्चामारा १ हाक्पारामा रहेको जलकन्या आधारभुत बिद्यालयमा उनका आमा स्व. गंगादेबी लिम्बुको स्मृतीमा १ लाख १० हजार रुपैयाँको स्व. गंगादेबी स्मृती छात्राबृत्ती अक्षयकोष र छथर गाउँपालिका ४ फाक्चामारा साविक वडा नं. २ बतासेमा रहेको सिद्धगेणश माध्यमिक बिद्यालयमा उनका दाजु स्व. ओम प्रकाश लिम्बुको स्मृतीमा १ लाख बराबरको स्व. ओम प्रकाश स्मृती छात्राबृत्ती अक्षयकोष स्थापना गरेका छन ।

उक्त अक्षयकाेषबाट बिद्यालयमा अध्यायनरत अभीभावक गुुमाएका अनाथ तथा असाहय बिद्यार्थीहरुलाई छात्राबृत्ती प्रदान गर्ने उदेश्यका साथ चन्द्रकलाले अक्षयकोष स्थापना गरेको बताए । जलकन्या आधारभुत बिद्यालयमा अक्षयकाेष दाताकाे तर्फबाट आईतबहादुर ईमेहाङले बिद्यालयका प्रधानध्यापक तेजबहादुर लिम्बु र विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष ताेकेन्द्र लिम्बुलाई अक्षयकोषको नगद रकम र प्रमाणपत्र प्रदान गरेका थिए ।

त्यस्तै सिद्धगणेश माध्यमिक बिद्यालयमा अक्षयकाेष दाताकाे तर्फबाट पुर्व बिद्यालय ब्यावस्थापन समितीका अध्यक्ष सिद्धीमान लिम्बुले बिद्यालय ब्यावस्थापन समितीका अध्यक्ष जयराम लिम्बु र प्रधानध्यापक युकेन्द्र लिम्बुलाई प्रदान गरेका थिए ।

चन्द्रकलाले यस अघी पनि छथर ४ फाक्चामारामा रहेको नविन शिक्षा सदन माध्यमिक बिद्यालयमा ४० जना अनाथ विद्यार्थीहरुलाई छात्राबृत्ती र छथर जोरपाटी गाउँपालिका ५ परेवादिन धनकुटामा रहेको दिब्यश्वरी आधारभुत बिद्यालयमा अक्षयकोष स्थापना गरि सकेका छन । ईमेहाङ्गले आमा तथा बुवा गुमाएका अनाथ बिद्यार्थीहरुलाई समस्या भए जुनसुकै समयमा पनि सहयोग गर्ने प्रतिबद्धता गरेका छन ।

तपाईको प्रतिक्रिया