काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएयताको पाँच सातामा ४८ लाखभन्दा बढिले कोरोनो विरुद्धको खोप लगाएका छन् ।

कांग्रेस सभापति देउवा प्रधानमन्त्री भए लगत्तै आफ्नो पहिलो प्राथमिकतानै जनतालाई निशुल्क खोप दिलाउने घोषणा गरेका थिए। उनी प्रधानमन्त्री भएयता गत विहिबारसम्ममा ४८ लाख ११ हजार ७ सय ३३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । त्यसअघि झण्डै ३६ लाखले मात्रै कोराना विरुद्धको खोप लगाएका थिए भने अहिले खोप लगाउने संख्या ८५ लाख २० हजार ४ सय २१ पुगेको छ ।

त्यसमध्य ३७ लाख ८ हजार ६ सय ८८ जनाले कोरोनाको दुवै डोज खोप लगाएका छन्। त्यस्तै ३७ लाख ८ हजार ६ सय ८८ जनाले पहिलो डोज लगाएका छन् । अहिले कोरोनाको दुवै डोज खोप लगाउने जनसंख्या १३ प्रतिशत पुगेको पुगेको छ भने पहिलो डोज लगाउने १६ दशमलव ८ प्रतिशत छन् । देउवा प्रधानमन्त्री हुनुभन्दा अघि दुवै डोज खोप लगाउनेको संख्या ३ दशमल ९ प्रतिशत मात्रै थियो भने पहिलो डोज खोप लगाउनेको संख्या ९ दशमलव १ प्रतिशत मात्रै थिए । पछिल्लो पाँच सातामा कोरोनाको खोप लगाउनेको संख्या झण्डै दोब्बर पुगेको छ ।

सरकारले असोज मसान्तसम्ममा ३३ प्रतिशत जनतालाई कोरोना विरुद्धको खोप निशुल्क लगाउने घोषणा गरेको छ । चैत मसान्तसम्म खोप लगाउने सबै जनतालाई निशुल्क खोप दिलाउने प्रधानमन्त्री देउवाको तयारी छ ।

तपाईको प्रतिक्रिया