
– सुदिप राई
यो धर्तिको गर्भमा
एउटा सपनाको गर्भधारण हुनेछ
र उसले हामिलाइ थमाइदिनेछ सपनाको एउटा राँको
अनि त्यही राँको बोकेर दौडनेछौ हामी
पहाड, खोला, साँघुरो गल्ली र राजमार्गहरु
गाउनेछौँ खुल्ला आकास, प्यारो धर्ती र मायालु बतासको गीतहरु !
खुशीले रुदै जोड जोडले बोल्नेछौ
स्वतन्त्रताको नारा खेत, बजार र मैदानहरुमा
त्यति नै बेला बन्दुकको सङ्गिनले हाम्रो
छातिहरु रोपिन पनि सक्नेछन् ,
तर रोकिने छैन हाम्रो आवाज र गति
बरु रगतले लत्पतिएको झन्डा साथिलाइ थमाउदै
गाड्न तयार बन्ने छौँ शहादतको अमर कोशेढुङ्गा ,
त्यही दिन ,
जुनदिन हामी ,
लामो निद्राबाट बिउझिएको हुनेछौं !
र कस्सिएको मुठ्ठी हावामा उठाइरहेको हुनेछौ !