टीआर सेनेहाङ
पुर्व सिक्किम, ३ पुस । भारतको सिक्किममा बसोबास गर्ने लिम्बु समुदायले मौलिक पर्व चासोक तङनाम (उधौली चाड) भव्य रुपमा मनाएका छन् । आफ्नो संस्कार संस्कृतिलाई संरक्षण तथा संबद्र्धन गर्ने उदेश्यले पुर्व सिक्किमको रानिपुल स्थित साराम्सामा एक कार्यक्रमको आयोजना गरि लिम्बु समुदायले दोस्रो चासोक तङनाम उल्लासका सााथ मनाएका हुन ।

नियारा प्रोडक्शनको आयोजनामा भएको उक्त कार्यक्रममा नेपाल बाट पुग्नुभएका चर्चित गायिका सुनिता थेमिगले दर्शकहरुलाई लिम्बु तथा नेपाली गित एवं हाक्पारे साम्लो ख्याली लगायतका प्रस्तुती राखेर मनोरञ्जन गराउनुभएको थियो । पुर्व सिक्किम , दार्जिलिङ, कालिम्पोङ, वेस्ट वंगाल लगायतका स्थानमा बसोबास गर्दै आएका हजारौ लिम्बु, थाङबेन, मेन्छिङ,तुतु तुम्याङ वालक वृद्ध तरुणहरुको सहभागिता रहेको उक्त कार्यक्रममा लिम्बुहरुको मौलिक नृत्य प्रतियोगिता , केःलाङ , हाक्पारे साम्लो , ख्याली साम्लो , किड्स फेसन सो , क्वीज , जातिय खानाको स्टल र सास्कृतिक महत्व तथा चिनारी बोकेका सामाग्रीहरुको प््रदर्शन राखिएको थियो ।

सिक्किममा जन्मेर आफ्नौ मौलिक लिम्बु सस्कृतीलाई जगेर्णा गर्ने र युवापुस्तामा पनि आफ्नोपन र जातिय बिषेशताको दृष्टबोध गराउने उदेस्यले यो कार्यक्रमको आयोजना गरिएको नियारा प्रोडक्शनका संयोजक नियारा ताम्लिङ लिम्बुले बताउनुभयो । ताम्लिङले आफ्नो ब्यक्तिगत लगानी तथा कालिम्पोङमा स्थापित थाक्थुङ थाङबेन मेन्छिङ संघको सहकार्यमा कार्यक्रमको आयोजना गर्नुभएको हो ।

कार्यक्रमलाई उदेस्य तथा उत्कर्षमा पु¥याउनका लागी आफ्नो संघको जनशक्ति तथा भौतिक सहभागिता रहेको थाक्थुङ थाङबेन मेन्छिङ संघका अध्यक्ष रोमन लिम्बुले बताउभयो । सिक्किम, दार्जिलिङ,कालिम्पोङ लगायतका लिम्बु समुदायको बसोबास रहेको क्षेत्रमा लिम्बुहरुको मौलिक चाड तथा सास्कृतिक कार्यक्रमको आयोजना हुदै आएको छ ।

पछिल्लो समय पश्चिमेली सभ्यताको प्रभावले लिम्बुजन्य सस्कार तथा मौलिकतामा असर पुग्दै गएपनि सिक्किमा भने लिम्बुहरुको भाषा, लिपी, सस्कार, सस्कृती, रितिरिवाज , मौलिक परम्परा, रहन सहन सुरक्षित रहेको पाईन्छ ।

तपाईको प्रतिक्रिया