एजेन्सी । अमेरिकामा एक समलिगीं पुरुषले स्वस्थ बच्चा जन्माएका छन । अमेरिकाको विस्कन्सिन राज्यमा बस्दै आएका ३० बर्षीय केसी सोलिभनलाई विश्वमै पहिलो यस्तो व्यक्तिको रुपमा लिइएको छ, जसले महिला र पुरुष दुवै भएर बच्चा जन्माएका छन् ।
सोलिभन पाँचबर्ष अघिसम्म एक महिलाको रुपमा थिए र उनले एक पुरुषसँग विवाह पनि गरे । उनको पूर्वपतिबाट ५ बर्षीय छोरा ‘ग्रेसन’ छन । पहिलो बच्चा जन्मिदा सोलिभनलाई ७ दिनसम्म व्यथा लागेपछि शल्यक्रियाद्धारा बच्चा निकालिएको थियो । अहिलेको बच्चा सोलिभनले साथी स्टीभनसंगको सम्पर्कबाट जन्माएका हुन । सोलिभन जब गर्भवती भए, त्यस समय उनले पुरुष बन्ने प्रक्रिया रोकेका थिए ।
चार बर्षअघि सोलिभनले महिलाबाट पुरुषमा परिवर्तन हुन सुरु गरेका थिए । सोलिभन र स्टभिनले बच्चाको लिङ्गबारे नखुलाउने बताएका छन् । ठूलो भएपछि बच्चाले आफै आफ्नो लिङ्गलाई लिएर फैसला दिओस् भन्ने उनिहरु चाहन्छन् । सोलिभनका अनुसार, सन् २०११ मा आफ्नो पूर्वपतिबाट पहिलो पटक गर्भवती बनेका थिए । आफूलाई महिला महसुस गराउने आशामा उनले गर्भधारण गरेका थिए । तर, त्यस्तो भैदिएन ।
उनलाई लिङ्ग पहिचानका लागि निक्कै कष्ट गर्नुपर्यो । सन् २०१२ मा पहिलो बच्चालाई जन्म दिएपछि श्रीमान्संग डिभोर्स लिए र आफ्नो शारीरिक परिर्वतनमा जोड दिए । यस अवधिमा सोलिभनले जागिर पनि छोड्नु परेको थियो । अन्य गर्भवती बन्न चाहने तेस्रोलिंगी पुरुषका लागि सोलिभनले प्रत्येक हप्ता आफ्नो गर्भ अवस्थाबारे युट्युवमा जानकारी दिइरहेका थिए ।

तपाईको प्रतिक्रिया