भोजपुर २ पौस । भोजपुरमा १५ जना उम्मेदवारहरुको जमानत जफत भएको छ । प्रतिनिधिसभामा ६ जना, प्रदेशसभाका ९ जना उमेदवारहरुको जमानत जफत भएको हो ।

भोजपुरमा भोजपुर क्षेत्र नं १ मा पाँच जना र क्षेत्र नं २ मा चार जना उमेदवारको जमानत जफत भएको हो । प्रतिनिधिसभातर्फ नेकपा मालेका अनिल बस्नेत, मंगोल नेशनल अर्गनाइजेसनका चन्द्रप्रसाद राई, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल डिल्लीराम बोहरा, नयाँ शक्ति पार्टी नेपालका युवराज कट्वाल, राजपाका ध्रुवराज राई र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केदार राई मेवाहाङ छन् ।

यसैगरि प्रदेशसभा – १ तर्फ पाँच जनाको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जनसमाजवादी पार्टी नेपालका पर्शुराम राई, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका आङ्गडेण्डी शेर्पा, मंगोल नेशनल अर्गनाइजेसनका मोजेज  राई, राष्ट्रिय जनता पार्टी नेपालका सुवास राई र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उत्तम राईको जमानत जफत भएको हो ।

प्रदेशसभा – २ तर्फ नेकपा मालेमा यादवकुमार पाण्डे,  देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका देवप्रसाद राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जितबहादुर राई र संघीय खम्बुवान लोकतान्त्रिक पार्टीका सुवास राईको जमानत जफत भएको छ ।

तपाईको प्रतिक्रिया