जितेन्द्र भण्डारी,  पाँचथर । फिदिम नगरपालिकालाई ब्यवस्थित बनाउनको निम्ति पाँचथरको फिदिम नगरपालिकामा नगर प्रहरी राखिने भएको छ । फिदिम नगरपालिकाको आइतबार वसेको वैठकले यस्तो निर्णय गरेको हो ।

नगर प्रहरी राख्ने विषयमा नगर प्रमुख ओनाहाङ नेम्बाङको संयोजकत्वमा ५ सदस्य कार्य समिती गठन गरिएको छ । समितीको सदस्यहरुमा उपमेयर उर्मिला प्रधान श्रेष्ठ,नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडअध्यक्ष नरेन्द्र गुरुङ,वडा नम्बर ५ का वडाअध्यक्ष लिलाराज तुम्बापो,वडा नम्बर १२ का वडाअध्यक्ष प्रेमनारायण आचार्य रहनुभएको छ ।

५ जना पुरुष र २ जना महिला नगर प्रहरीमा नियुक्त गरिने नगरपालिकाका प्रवक्ता गुरुङले जानकारी दिनुभयो । यस्तै नगरपालिकाको गतिविधीलाई समेटेर फिदिम नगरपालिकाले फेदेन पत्र नामक पत्रिका संचालन गर्ने भएको छ ।

यस्तै फिदिम नगरपालिकाको फिदिम ७,८ घुमाउनेटार,तमाखेको सडकस्तरोन्नितका निम्ति भने सडक बोडले ३० लाख रुपैया, र नगरपालिकाको १२ लाख रुपैया गरी कुल ४२ लाख रुपैयाको लागतमा चाँडै सडकको स्तरोन्नित गरिने भएको छ ।

तपाईको प्रतिक्रिया