काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एमालेका २२ सांसदले विश्वासको मत दिएका छन् । वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनाले विश्वासको मत दिएका हुन् । त्यसमध्ये यसअघि ओली समूहमा रहेका सांसदहरु समेत छन् ।

विश्वासको मत दिनेमा विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानीप्रसाद खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ (किसान), गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले विश्वासको मत दिएका हुन् ।

तपाईको प्रतिक्रिया