गुराँस न्युज । तेह्रथुम । तेह्रथुमका रेडियोकर्मी विनोद तामाङ म्युजिक भिडियोमा उदाएका छन् । तामाङको पहिलो म्युजिक भिडियो अाइतबार सार्वजनिक भएको छ ।

  रेडियो तेह्रथुममा कार्यक्रम प्रस्तोता तथा प्राविधिकको रुपमा कार्यरत तामाङले मोडलिङ यात्रा सुरु गर्नुभएको हो । तामाङको मुख्य अभिनय रहेको ‘रिसाई रिसाई तर्केर नजाऔँ….’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । युवटुबमार्फत हाइलाइट्स नेपालले सो म्युजिक भिडियो सार्वजनिक गरेको हो ।

गायक दिपेन्द्र खड्काको स्वरमा रहेको सो गीतको म्युजिक भिडियोमा तामाङसँगै मोडल सेरोन राई पनि देखिएकीछिन् । म्युजिक भिडियोलाई निर्देशक जीवन केसीले निर्देशन गर्नुभएको छ । म्युजिक भिडियोको छायांकन काठमाडौँको गोकर्ण र बानेश्वरमा गरिएको हाे ।

भिडियो हेर्नुहोस् ।

तपाईको प्रतिक्रिया