हिजो आफुले संसद र संबिधानको बारम्बार गरेको हत्या प्रयासको कामलाई सर्बोच्चले असंवैधानिक ठहर गरिसके पछि क्रुद्ध भएकि रास्ट्रपति भण्डारीले अब राजिनामा दिएर बस्नु राम्रो हुन्छ ।

लज्जाबोध कुण्ठित एबं आग्रह र पुर्बाग्रह राखेर आत्माग्लानीका साथ शिथिल निवासमा बस्ने नैतिक अधिकार रास्ट्रपतिमा छैन । शितल निवास अनेमसंघको कार्यालय होइन भन्ने हेक्का राख्नु जरुरी देखियो कमरेड ।

नेपालको संविधानको धारा १५७ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने व्यवस्था छ । हालसम्म नियुक्त महान्यायाधिवक्ताहरुले राष्ट्रपति कार्यालय, शीतल निवासमा राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशबाट शपथ ग्रहण गर्ने परम्परा थियो । तर हालै, सर्वोच्च अदालतले संसद पुनर्स्थापना सम्बन्धी मुद्दाको फैसलामा राष्ट्रपति विरुद्ध असम्वैधानिक कार्य गरेको गम्भीर अभियोग लगाएपछि रुष्ट बनेकी राष्ट्रपति विधादेवी भण्डारीले प्रधान न्यायधीसले सपथ खुवाउने पदको सपथग्रहण समारोहमा आफू उपस्थित नहुने खबर पठाइदिइन् १ त्यो अत्यन्तै दुस्खद र दुर्भाग्यपूर्ण हो ।

रिसको सिमा हुँदैन रहेछ १ नेपालीमा एउटा भनाई छ, रिस खा आफु बुद्दी खा अरु । रिस आफैंमा एक खराब कुरा हो, रिसले आयू घटाउँछ भन्छन् १ त्यहि रिसका कारण नवनियुक्त प्रधानमंत्री शेरबहादुर देउवासँग सपथग्रहण समारोहमा एक शव्द नबोली ढाड फर्काएर हिडेकी रहिछ्न भन्ने अनुमान अहिले पुष्टि हुन पुगेको छ । रिसकै कारण उनले त्यस्तो व्यबहार देखाएकी रहिछ्न भन्ने अनुमान गर्न अब गार्हो भएन । यो व्यबहार एउटा महिला संगठनको अध्यक्ष लाइ त सुहादैन भने रास्ट्रपतिलाइ सुहाउने कुरै होइन ।

राष्ट्रपति कार्यालयले अस्वीकार गरेपछि नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथग्रहण समारोह ईतिहासमै पहिलो पटक सर्वोच्च अदालतमा सम्पन्न भएको छ । खम्मबहादुर खातीजीलाई बधाई तथा शुभकामना र रास्ट्रपति लाई हार्दिक अनुरोध अब राजीनामा दिएर पुर्ब रास्ट्रप्रमुखको सुबिधा लिएर बस्दा बाकी जिबन तनाव रहित हुने थियो ।

दुबिधामा बसेर सुबिधा लिनु भन्दा राजीनामा दिएर पुर्ब रास्ट्रप्रमुखको सुबिधा लिएर बस्दा राम्रो होला ।

–गिरी कांग्रेसका केन्द्रीय सदस्य हुन् ।

तपाईको प्रतिक्रिया