-प्रकाश धौलाकोटी
तेह्रथुम । घर नजिकै पाकिरहेका केरा, अलैँचीका झ्याङ, खाइ हालौँ लाग्ने उखुका बोट, बारीभरि खन्न बितेको अदुवा, माछा पोखरी, आँगनमा झार्न बितेको धान र पराल, हुर्किदै गरेका रुद्राक्षका बोट र विभिन्न फलफुल, अनि दुहुना गाई र भैँसीपनि । तेह्रथुमको म्याङलुङ्ग नगरपालिका–८, आम्बुङको कोवेककी कोमलमाया लिम्बुको घरमा पुग्दा यस्तै दृश्य देखिन्छ ।
अनि सबैले अनुमान लगाउछन् कि यहाँ कम्तिमा पनि ८–१० जना मान्छेको मेहिनेत होला । तर खास त्यस्तो छैन । पैतीस वर्षे कोमलमायाको परिवारमा स–साना दुई जना बच्चा र श्रीमान् श्रीमती मात्र हुनुहुन्छ । कोमलमाया र श्रीमान् इश्वरले नै नानीहरुको हेरचाह गर्दै घर र मेलाको सबै काम भ्याउनुहुन्छ ।
अझै भनौँ कृषि कर्म गरेरै उहाँको परिवार मज्जाले चलेको छ । घर खर्च चाडपर्व, बैंक व्यालेन्स जे–जे गर्ने भनेपनि उहाँहरुको अािर्थक श्रोतकालागि मुख्य पेशा कृषि नै हो । कृषि कर्म गरेर पनि कमाउन सकिन्छ र ? भन्नेहरुका लागि उहाँहरु गतिलो उदाहरण समेत बन्नुभएको छ । पहिलो सन्तान जन्मिँदा कोमलमायाले ४ वर्षको हुन्जेलसम्म ढुक्कै बच्चा सँगसँगै लिएर काम गर्नुभयो ।
कत्ति दिन त पिठ्युँमा नानी बोकेर पनि मेलाको काम गर्नुभएको उहाँले । छिमेकमा छाडेर मेलापात जाँदा पनि भोकायो होला ? दिशा पिसाब ग¥यो होला ? कतै लड्यो कि ? भन्ने जस्ता धेरै पिर खेप्नुपथ्र्यो । कामको बोझ र बच्चाको स्याहार सुसार दुवैको तनावले कोमलमायालाई सताउँथ्यो । तर सानो नानी हुर्काउन कोमलमायाले यी सब कुरामा झन्झट बेहोर्नुपरेनँ ।
घर नजिकै कोमलमाया सहितका महिलाहरु सम्मिलित सुम्भोलुङ महिला समुहले स्थापना गरेको सामुदायिक शिशु हेरचाह केन्द्रले नै उहाँलाई सजिला बनाएको छ । बच्चालाई पनि सजिलो भएको छ । उहाँकी छोरी इनिसा अहिले ४ वर्षकी भएकी छिन् । उनी स्कुल जान थालेकी छिन् । इनिसा स्वभाविक बच्चा भन्दा बाठी र चन्चले स्वभावकी छिन् । घरमा पुग्ने सबैलाई उनले गफ गरेर चकित पार्छिन् ।
मेलापात जाँदा पनि भोकायो होला ? दिशा पिसाब ग¥यो होला ? कतै लड्यो कि ? भन्ने जस्ता धेरै पिर खेप्नुपथ्र्यो । कामको बोझ र बच्चाको स्याहार सुसार दुवैको तनावले कोमलमायालाई सताउँथ्यो । तर सानो नानी हुर्काउन कोमलमायाले यी सब कुरामा झन्झट बेहोर्नुपरेनँ । घर नजिकै कोमलमाया सहितका महिलाहरु सम्मिलित सुम्भोलुङ महिला समुहले स्थापना गरेको सामुदायिक शिशु हेरचाह केन्द्रले नै उहाँलाई सजिला बनाएको छ ।
छोरीको स्वभावमा देखिएको यत्तिका विकास हेरचाह केन्द्रकै उपलब्धि भएको कोमलमायाका श्रीमान् इश्वरले बताउनुभयो । ‘हेरचाह केन्द्रले नै हाम्रो परिवारको सबै कुरा भएको छ,’ इश्वरले भन्नुभयो, ‘सानो नानी हुँदा काम गर्ने एक्लै पर्थेँ, खेती पनि यति धेरै थिएनँ, तर इनिसाको पालोमा हेरचाह केन्द्र खुल्यो, अनि त नानी हेरचाह केन्द्रमा, हामी मेलामा ।’ श्रीमान्का कुरामा थप्दै कोमलमायाले भन्नुभयो, ‘अम्मै बच्चा हेर्दै यति धेरै काम मैलेपनि कसरी गर्थेँ र ? यो सब देन हेरचाह केन्द्रकै हो ।’ हेरचाह केन्द्रमा नानीलाई राखेर आफुले परिवारको सामान्य खर्च जुटाउने गरी करेसाबारीमै फलफुल र तरकारी उत्पादन गरेको कोमलमाया बताउनुहुन्छ ।
भान्सामा चाहिने धेरै कुरा कोमलमायाको आफ्नै उत्पादन बाट जुट्ने गरेको छ । लसुन, प्याज, धनियाँ, रायो, मुला,आलु सबै चीज उहाँको बारीमा फल्दैछ । बरु यस्ता तरकारी र मसला बालीसमेत आफुलाई खान पुगेर उब्रिएको बजार लगेर विक्री गरी भान्साको अरु खर्च समेत टर्छ । उखु, केरा र माछाबाट आएको आम्दानीले नुन, भुटुन र मसला खान निरन्तर पुगेको छ ।
घरमा चाहिने आलु उहाँ आफै फलाउनुहुन्छ । गतवर्ष उहाँले १८ क्विन्टल अदुवा विक्री गर्नुभयो । यो वर्षपनि १५ क्विन्टल भन्दा कम छैन । जसबाट मुल्य तलमाथि हुँदापनि न्युनतम ३० देखि ५० हजारसम्म आम्दानी हुन्छ । ‘आफँैले फलाएको धान, मकैले घरमा खान पुग्छ, कोमलमाया भन्नुहुन्छ, ‘अदुवा बेचेर आएको चाँहि बचत छ ।’
घरमा भान्साको कामदेखि सबै काममा श्रीमतीको ठुलो साथ रहेको श्रीमान् ईश्वरले बताउनुभयो । ‘बच्चालाई हेरचाह केन्द्रमा राखेपछि मैले धेरै गरेकी छु, कोमलमाया भन्नुहुन्छ, ‘हेरचाह केन्द्रले मेरो दैनिकी नै फेरिदियो । मेरो जीवनमा ठुलो परिवर्तन ल्यायो ।’ हेरचाह केन्द्रका बारेमा भन्नलाई कोमलमायालाई कुनै हिच्काहट हुँदैन ।
घरमा चाहिने आलु उहाँ आफै फलाउनुहुन्छ । गतवर्ष उहाँले १८ क्विन्टल अदुवा विक्री गर्नुभयो । यो वर्षपनि १५ क्विन्टल भन्दा कम छैन । जसबाट मुल्य तलमाथि हुँदापनि न्युनतम ३० देखि ५० हजारसम्म आम्दानी हुन्छ । ‘आफँैले फलाएको धान, मकैले घरमा खान पुग्छ, कोमलमाया भन्नुहुन्छ, ‘अदुवा बेचेर आएको चाँहि बचत छ ।’
यसबाट के फाइदा भयो ? भन्दा कोमलमाया सम्झी–सम्झी भन्नुहुन्छ, ‘आमाको दैनिकीबाट एउटा बोझ थोरै भएपनि हलुका हुन्छ । आमाले बच्चाको बारेमा काम गर्दै गर्दापनि तनाव लिइरहनु पदैनँ । आयआर्जनमा आफैँ संलग्न भएपछि कसैलाई दुई पैसा माग्नुपनि पदैनँ, कत्ति सजिलो कत्ति सजिलो ।’
हेरचाह केन्द्रबाट गाउँका सबै आमाहरुलाई आफुँजस्तै राहत पुगेको उहाँको भनाइ छ । ‘गाउँ हो, यहाँ काम नगरी हुदैनँ,’ उहाँ भन्नुुहुन्छ, ‘नानीलाई हेरचाह केन्द्रमा राखेपछि दुई घण्टामात्रै काम गर्दापनि फ्रि भएर काम गर्दा धेरै काम गरिन्छ । यसले सबैलाई राहत मिलेको छ ।’ हेरचाह केन्द्रले आफुलाई ठुलो सहयोग पुगेको कोमलमायाको भनाइ छ ।
प्रकाश धौलाकोटी । ०७४ मंसिर १३ ।