–प्रकाश धौलाकोटी
तेह्रथुम । तेह्रथुमको म्याङलुङ्ग नगरपालिका–८, आम्बुङकी ३२ वर्षे सुनिता सम्बाहाम्फेले आफु बच्चा हुँदा विद्यालय जान पाउनुभएनँ । उमेर छिप्पिएर विद्यालय जाँदा आफु अलमल्ल परेको झलझली छ उहाँलाई । सामान्य भन्दा ढिला गरी विद्यालय गएकै कारण उहाँले कक्षा–८ भन्दा माथि पढ्न सक्नुभएनँ ।
पढ्दा–पढ्दै १८ वर्षको उमेरमा वैवाहिक बन्धनमा बाँधिएपछि अहिले उहाँका दुई छोरा र एक छोरी गरी तीन सन्तान छन् । १२ वर्षे छोरा कक्षा–५ र ९ वर्षे छोरी कक्षा–३ मा पढ्छिन् । सानो छोरा अहिले तीन वर्षको पुग्दैछ । ठुला दुई नानीहरु हुर्काउन सुनितालाई निकै हम्मे–हम्मे प¥यो । उनीहरुलाई विद्यालय जाने बानी बसाउन झन् मुस्किल परेको थियो । तर अहिले सानो छोराको त्यति धेरै चिन्ता छैन ।
घर नजिकै खुलेको शिशु हेरचाह केन्द्रमा सुनिताले सानो छोरा एड्मिन लाई राख्न थालेको दुई वर्ष बढी भइसकेको छ । स्थानीय महिलाहरु सम्मिलित शुम्भोलुङ महिला समुहले खोलेको केन्द्रमा विहान १०ः०० बजेदखि साँझ ५ः०० बजेसम्म छ महिनादेखि विद्यालय उमेर पुर्वका बालबालिकाको हेरचाह गर्ने व्यवस्था मिलाइएको छ ।
समुहले एक्सन एड नेपालको सहयोगमा सन्चालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत देउराली सोसाइटीको सहजीकरणमा शिशु हेरचाह केन्द्र सन्चालन गरेको हो । गाउँका १० जनासम्म बच्चाहरु केन्द्रमा ल्याउने गरिएको छ । समुहले नै बच्चाको रेखदेखका लागि हेरालु राखेको छ । एक जना हेरालुबाटै केन्द्रमा आउने ८–१० जना बच्चाको रेखदेख, खुवाई पिलाई र सरसफाई हुन्छ । अहिले एड्मिन आफैँ केन्द्रमा जान थालेका छन् । हेरचाह केन्द्रमा गएर बस्ने, खेल्ने, अरु आफु जस्तै साथीहरुसँग रमाउने उनलाई बानी परिसकेको छ ।
घरमा दुई–चार जना मान्छे आउँदा पनि एड्मिन बोल्न डराउदैनन् ।
आमाको काख विनै पनि उनलाई घुलमिल गर्ने, खेल्ने, रमाउने, खाने बानी परिसकेको छ । अब एड्मिनलाई विद्यालय पठाउन पनि उनका दिदी दाजुलाई जस्तो गाह्रो नहुने सुनिता बताउनुहुन्छ । त्यसो त हेरचाह केन्द्रले एड्मिनलाई राम्रो मात्रै हैन, परिवारलाई नै सजिलो समेत बनाएको छ । एड्मिनको स्याहार सुसार गर्ने समय सुनिता र परिवारका अन्य सदस्यले अर्थोपार्जनका क्रियाकलापमा खर्चिएका छन् ।
एउटा बच्चाको हेरचाह गर्ने जिम्मा स्वभावैले आमाकै हुन्छ । त्यसकारण पनि आमाले नानीलाई हुर्काउन थाल्दा आफ्नो जीवनको महत्वपुर्ण समयनै व्यतित गरिसकेकी हुन्छिन् । आमाले आफ्नो नानीलाई ध्यान दिँदा आफ्नो व्यक्तित्व विकास भुल्छिन् । आम्दानी देखिने काम गर्न पाउँदिनन् । तर सुनिताले पछिल्ला दुई वर्षमा यस्ता धेरै कष्ट बेहोर्नुपरेनँ । त्यसो त उहाँलाई आफ्नो बच्चा हुर्काउनै गाह्रो हुने भने हैन ।
तर बच्चाको वृद्धि विकास र स्वास्थ्यमा समेत असर नपर्ने र आफ्नो व्यक्तित्व विकाससँगै परिवार चलाउन समेत सजिलो हुने भएकाले हेरचाह केन्द्रले आफ्नो लागि ठुलो राहत मिलेको सुनिता बताउनुहुन्छ । ‘नानी बोकी–बोकी पनि काम नगरी खान पाइन्नँ, केही नगरे पनि घरको काम त नानी पिँठ्युँमा बोकेर पनि सबै आफैँले गर्नैपर्छ,’ उहाँ भन्नुहुन्छ, ‘हेरचाह केन्द्र खुलेपछि नानी त्यता राख्यो, यता आफु ढुक्कले काम ग¥यो ।’
‘नानी बोकी–बोकी पनि काम नगरी खान पाइन्नँ, केही नगरे पनि घरको काम त नानी पिँठ्युँमा बोकेर पनि सबै आफैँले गर्नैपर्छ,’ उहाँ भन्नुहुन्छ, ‘हेरचाह केन्द्र खुलेपछि नानी त्यता राख्यो, यता आफु ढुक्कले काम ग¥यो ।’नानी छाडेर काम गर्दा नानीले फोहोर ग¥यो कि ? नराम्रो खायो कि ? भनेर पनि पिर गर्नु नपर्ने सुनिताको अनुभव छ । नानीलाई हेरचाह केन्द्रमा राखेर सुनिताले घरको भान्साको काम सबै सम्हाल्नु भएको छ । साथमा करेसाबारीमा तरकारी खेती, फलफुल र फुलबारी गोडमेल नियमित गर्न सक्नुभएको छ । त्यसबाहेक घरको खेतीपातीको काम गर्नुभएको छ ।
नानी छाडेर काम गर्दा नानीले फोहोर ग¥यो कि ? नराम्रो खायो कि ? भनेर पनि पिर गर्नु नपर्ने सुनिताको अनुभव छ । नानीलाई हेरचाह केन्द्रमा राखेर सुनिताले घरको भान्साको काम सबै सम्हाल्नु भएको छ । साथमा करेसाबारीमा तरकारी खेती, फलफुल र फुलबारी गोडमेल नियमित गर्न सक्नुभएको छ । त्यसबाहेक घरको खेतीपातीको काम गर्नुभएको छ । उहाँले समुहबाटै तालिम लिएर व्यवसायिक अदुवा खेतीको समेत थालनी गर्नुभएको छ । बजार भाउ राम्रो हुँदा अदुवा खेती गरेर आएको रकमले नै उहाँको वर्षभरिको खर्च धान्छ । ‘अरु सबै त पहिले पनि थियो, उहाँ भन्नुहुन्छ, ‘अदुवा खेती चाँहि यति धेरै थिएनँ, नानीलाई हेरचाह केन्द्रमा नराखेको भए यो मैले गर्न सक्ने नै थिइनँ ।’
अदुवा खेती लगाउने देखि खनेर बेच्नेसम्म सबै काम सुनिता आफैँले गर्नुहुन्छ । छिटपुट मात्रै श्रीमान् जयप्रकाशको सहयोग माग्नुपर्छ । सुनिताले नानी हेर्ने समयलाई अर्थोपार्जनको काममा खर्चिएपछि श्रीमान पनि खुसी हुनुहुन्छ । सुनिताको कामले सासु–ससुरा पनि खुसी हुनुहुन्छ । हेरचाह केन्द्रले आफ्नो परिवारमा खुसी भित्रिएको जयप्रकाशले बताउनुभयो ।
‘उनको धेरै समय नानीसँगै वित्थ्यो, अहिले उनले कमाएकैले घर खर्च चल्छ, उनले नै घर सम्हालेकी छिन्,’ श्रीमतीतिर फर्किएर जयप्रकाशले भन्नुभयो । हेरचाह केन्द्रमा राखेपछि आफ्नो नाती धेरै चलाख र नडराउने स्वभावको भएको हजुरआमा हरिमाया सम्बाहाम्फेले बताउनुभयो ।
अदुवा खेती लगाउने देखि खनेर बेच्नेसम्म सबै काम सुनिता आफैँले गर्नुहुन्छ । छिटपुट मात्रै श्रीमान् जयप्रकाशको सहयोग माग्नुपर्छ । सुनिताले नानी हेर्ने समयलाई अर्थोपार्जनको काममा खर्चिएपछि श्रीमान पनि खुसी हुनुहुन्छ । सुनिताको कामले सासु–ससुरा पनि खुसी हुनुहुन्छ । हेरचाह केन्द्रले आफ्नो परिवारमा खुसी भित्रिएको जयप्रकाशले बताउनुभयो । ‘उनको धेरै समय नानीसँगै वित्थ्यो, अहिले उनले कमाएकैले घर खर्च चल्छ, उनले नै घर सम्हालेकी छिन्,’ श्रीमतीतिर फर्किएर जयप्रकाशले भन्नुभयो । हेरचाह केन्द्रमा राखेपछि आफ्नो नाती धेरै चलाख र नडराउने स्वभावको भएको हजुरआमा हरिमाया सम्बाहाम्फेले बताउनुभयो ।
‘अरु पाँच वर्ष पुग्दा मात्रै स्कुल भर्ना भए, यो चाँहि अब स्कुल पठाउँदा नै पढ्न सक्ने भएको छ,’ हजुरआमाले भन्नुभयो । घरमा मात्रै भए भन्दा नाति धेरै बाठो भएकाले हजुरबा, हजुरआमा पनि खुसी हुनुहुन्छ । बच्चालाई हेरचाह केन्द्रमा राखेर घरको सबै कामसँगै आयआर्जनका क्रियाकलापमा संलग्न सुनिता कहिलेकाँही चेतनामुलक गोष्ठी र भेलामा पनि सहभागी बन्नुहुन्छ ।
आफ्नो लागि चाहिने खर्च समेत आफैले जुटाउन सक्दा सुनिता पनि खुसी हुनुहुन्छ । गतवर्ष सुनिताले अदुवा खेतीबाटै २५ हजार रुपैयाँ आम्दानी गर्नुभएको थियो । तरकारी र फुलफुल विक्री गर्दा आफुलाई खर्च गर्न झिनो रकम पनि श्रीमान्सँग माग्नु नपर्ने गरको सुनिताको भनाइ छ । अदुवा खेतीबाट कमाएको रकमले घर व्यवहारमा सहयोग पुगेको छ । यसवर्ष पनि सुनिताले अदुवा खेती लगाउनुभएको छ । तर यो वर्ष गतवर्ष भन्दा मुल्य घट्ने संकेत भएकाले अदुवा खनेर निकाल्ने तयारी गर्नुभएको छैन । अहिलेसम्म अदुवाको बजार नै सुरु नभएकाले समस्या भएको सुनिताले बताउनुभयो ।