-प्रकाश धौलाकोटी
तेह्रथुम । तेह्रथुमको म्याङलुङ्ग नगरपालिका–८, आम्बुङको कोवेककी ३२ वर्षे इन्दु लिम्बु पाँच वर्षअघि सम्म घरदेखि बाहिर निस्किनै पाउनुहुन्थेनँ । चुलो चौकामा काम गर्दै उहाँको दैनिकी बित्थ्यो । दुई जना मान्छेका अगाडि बोल्न डर लाग्थ्यो । बुहारी मान्छे गाउँतिर हिडडुल गर्नुहुदैन भन्ने सोच थियो उहाँको । कक्षा–८ मा पढ्दा–पढ्दै १५ वर्षको उमेरमै विवाह गर्नुभएकी लिम्बुका दुई छोरा र १ छोरी छन् । त्यतिवेला उहाँको सानो छोरा जन्मिन बाँकी थियो । ठुला दुई सन्तानलाई खुवाउनु, सरसफाई गर्नु विद्यालय पठाउनु उहाँको काम थियो । भान्साको काम, गोठ धन्दा र दिउँसो मेलापात पनि भ्याउनुपथ्र्यो ।
तर जब गाउँमा सुम्भोलुङ महिला समुह खुल्यो, र महिलाहरु पनि सामाजिक काममा सक्रिय हुनुपर्छ भनेर छलफल हुन थाल्यो । त्यसपछि उहाँको दैनिकी बदलिएको छ । उहाँले पनि समुहमा गएर धेरै कुरा सिक्ने अवसर पाउनुभयो । सानो छोरा जन्मिँदा समुहले सामुदायिक शिशु हेरचाह केन्द्र पनि स्थापना गरिसकेको थियो । समुहकै आडमा लिम्बुको दैनिकी धेरै बदलिएको छ । चुलो चौकामै सीमित बन्नुभएकी इन्दु अहिले दुई वटा सहकारी संस्थाको नेतृत्वमा हुनुहुन्छ । घर व्यवहार उहाँकै हातमा छ । सुम्भोलुङ महिला समुहको सदस्य हुँदै अहिले उहाँ सन्सारी बजारमा खुलेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाको सन्चालक समिति सदस्य बन्नुभएको छ । गाउँमै खुलेको अर्को रमाइलो बचत तथा ऋण सहकारी संस्थाको त उहाँ कोषाध्यक्ष नै हुनुहुन्छ । उहाँलाई यहाँसम्म पु¥याउन श्रीमान् विश्वराजको ठुलो सहयोग छ ।
चुलो चौकामै सीमित बन्नुभएकी इन्दु अहिले दुई वटा सहकारी संस्थाको नेतृत्वमा हुनुहुन्छ । घर व्यवहार उहाँकै हातमा छ । सुम्भोलुङ महिला समुहको सदस्य हुँदै अहिले उहाँ सन्सारी बजारमा खुलेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाको सन्चालक समिति सदस्य बन्नुभएको छ । गाउँमै खुलेको अर्को रमाइलो बचत तथा ऋण सहकारी संस्थाको त उहाँ कोषाध्यक्ष नै हुनुहुन्छ । उहाँलाई यहाँसम्म पु¥याउन श्रीमान् विश्वराजको ठुलो सहयोग छ ।
परिवारमा सासुराले पनि सहयोग गर्नुभएको छ । ‘पहिले त केही पनि जान्दैनथेँ, उहाँ भन्नुहुन्छ, ‘जब समुह खुल्यो, त्यसपछि धेरै कुरा सिक्ने मौका मिल्यो ।’ समुहले नै खोलेको शिशु हेरचाह केन्द्रले झन् सजिलो बनायो । ‘समुहले खोलेको शिशु हेरचाह केन्द्रमा आफ्नो सानो छोरालाई राखेर मैले धेरै कुरा सिक्ने मौका पाएँ, उहाँ भन्नुहुन्छ, ‘विहान घरको काम गरेर दिनभर बच्चालाई हेरचाह केन्द्रमा राख्थेँ, अनि आफु कहिले घरको काम गर्थेँ, त कहिले क्षमता विकास, सीप विकास लगायतका तालिममा सहभागी हुन भ्याउँथेँ ।’
अहिले उहाँको सानो छोरा पनि कक्षा–१ मा पढ्ने भइसकेको छ । छोरालाई आफुले एक वर्षदेखि ३ वर्षसम्म सामुदायिक शिशु हेरचाह केन्द्रमा राखेको इन्दुले बताउनुभयो । अहिले इन्दुका श्रीमान् विश्वराज विदेशमा हुनुहुन्छ ।
‘पहिले त केही पनि जान्दैनथेँ, उहाँ भन्नुहुन्छ, ‘जब समुह खुल्यो, त्यसपछि धेरै कुरा सिक्ने मौका मिल्यो ।’ समुहले नै खोलेको शिशु हेरचाह केन्द्रले झन् सजिलो बनायो । ‘समुहले खोलेको शिशु हेरचाह केन्द्रमा आफ्नो सानो छोरालाई राखेर मैले धेरै कुरा सिक्ने मौका पाएँ, उहाँ भन्नुहुन्छ, ‘विहान घरको काम गरेर दिनभर बच्चालाई हेरचाह केन्द्रमा राख्थेँ, अनि आफु कहिले घरको काम गर्थेँ, त कहिले क्षमता विकास, सीप विकास लगायतका तालिममा सहभागी हुन भ्याउँथेँ ।’
‘छोरालाई हेरचाह केन्द्र राखेर उसले धेरै कुरा पनि सिकि, घरको काम पनि गरी, अहिले सबै कुरा राम्रो छ,’ इन्दुका ससुरा ८३ वर्षे प्रेमबहादुर सम्बाहाम्फेले भन्नुभयो । इन्दुले अहिले त्यतिवेला सिकेका कुरा अहिले व्यवहारमै उतार्नुभएको छ । शिशु हेरचाह केन्द्रमा नानी राखेर उहाँले अदुवा खेती प्रविधिको तालिम लिनुभएको थियो । त्यसयता वर्षेनि उहाँले १० क्विन्टलसम्म अदुवा उत्पादन गर्दै आउनुभएको छ । घरमा भान्साका लागि चाहिने सबै फलफुल तरकारी आदि बाली नाली उहाँ आफैँले फलाउनुहुन्छ ।
इन्दु भन्नुहुन्छ, ‘हेरचाह केन्द्र खुलेपछि मेरो मात्रै हैन, यहाँका धेरै जना आमा दिदीबहिनीहरुको दैनिकी बदलिएको छ ।’ हेरचाह केन्द्रले सबैलाई फाइदा पुग्ने देखेपछि उहाँले ससुरासँग कुरा गरेर हेरचाह केन्द्रका लागि भवन निर्माण गर्न निःशुल्क रुपमा जग्गा समेत उपलब्ध गराउनुभएको छ । अहिले हेरचाह केन्द्रको लागि समुहले आफ्नै भवन समेत बनाइसकेको छ । नानीहरु अहिले हेरचाह केन्द्रको आफ्नै भवनमा बसेर खेल्छन्, रमाउँछन् । ‘हेरालुले हरेक दिन नानीहरुलाई विहान १० देखि साँझ ५ बजेसम्म हेर्छिन्, सबैलाई राहत पुगेको छ,’ इन्दुले भन्नुभयो ।
अहिले इन्दुले सहकारी र समुहमा गरी आफैँले कमाएको रकमबाट मासिक तीन सय रुपैयाँ बचत समेत गर्दै आउनुभएको छ । अदुवा खेतीबाट यो वर्षपनि २० हजार बढी आम्दानी हुने उहाँ बताउनुहुन्छ । गतवर्ष अदुवाबाट १८ हजार रुपैयाँ आम्दानी गरेको उहाँको भनाई छ । ‘अदुवा त हामीले पहिले देखिनै गर्दै आएको खेती हो, उहाँ भन्नुहुन्छ, ‘अहिले व्यवसाियक बन्ने प्रयत्न गरिरहेका छौँ, सबैले अदुवाको व्यवसायिक खेती थालेका छन् ।’