नेपाली कांग्रेस पार्टीले अवलम्बन गरेको विचारको धार अहिले नेपालमा मात्र नभएर विश्वमै सर्वमान्य छ ।

२००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस र २००५ सालमा नेपाल प्रजातान्त्रिक कांग्रेस बन्यो । दुवै कांग्रेसले राणा शासनविरुद्ध आन्दोलन गर्न २००६ सालमा बनेको नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवाद आत्मसात ग¥यो । यसले २०१२ सालमा गएर वैधानकिता पायो ।

त्यसबेलादेखि नै राष्ट्रिय पुँजीपतिहरूको संरक्षण गर्ने र उत्पादित वस्तुहरूको न्यायोचित वितरण गर्ने कुरा उठायो । यसको अर्थ लोककल्याणकारी राज्य व्यवस्था हो । यसलाई आधुनिक राजनीतिक भाषामा हामी प्रजातान्त्रिक समाजवाद वा समाजवादी अर्थनीति भन्छौँ ।

नेपालमा हामीले मात्र होइन, अरू पार्टीले पनि समाजवादी अर्थ नीतिका कुरा गर्छन् ।

तर उनीहरूको निरंकुश समाजवाद हो भने हाम्रोचाहिँ लोकतान्त्रिक समाजवाद हो । त्यस कारण लोकतान्त्रिक समाजवादलाई थप मजबुद बनाउँदै विपीको सन्दर्भको समाजवादलाई यो महाधिवेशन बाट थप आधुनिक बनाउँदै लैजानुपर्छ। यसलाई लोककल्याणकारी र समावेशी चरित्रको बनाउँदै लैजानुपर्ने आजको आवश्यकता छ।यही आधारमा राजनीतिक प्रस्ताव तयार हुनुपर्छ ।

अर्को कुरा, आर्थिक नीतिमा पनि पुँजीपतिको संरक्षण गर्ने र किसान, श्रमिक, मजदुर, आर्थिक तथा सामाजिक रूपले पछि परेको समुदाय, अपांगता भएका वर्ग राज्यद्वारा संरक्षित हुनुपर्छ र उनीहरूलाई राज्यले सामाजिक सुरक्षामार्फत् उन्नत किसिमको जीवनशैली बनाइदिनुपर्छ भन्ने अब कांग्रेसको नीति हुनुपर्छ ।

(विश्वकर्मा नेपाल विद्यार्थी संघका नेता हुन् ।)

तपाईको प्रतिक्रिया