काठमाडौं । गायक तथा इन्जिनियर बीरेन्द्र श्रेष्ठ र गायिका एलिना चौहानको आवाजमा नयाँ गीत ‘घर तिम्रो कता प¥यो ?’ सार्वजनिक भएको छ ।

जीवेशसिंहं गुरुङ्ग र वर्षा शिवाकोटिको अभिनय रहेको उक्त गितको भिडियोमा माया प्रेमको सामिप्यलाई देखाउन खोजिएको छ । दिपक शर्माको सङ्गीत रहेको उक्त गितको भिडियोलाई रुपेश थापाले निर्देशन गरेका छन् ।

पछिल्लो समय चर्चित कलाकारलाई लिएर काम गरिरहेका गायक तथा ई. बीरेन्द्र श्रेष्ठको यो गीत पहिले नै दर्शक श्रोताले रुचाएको घर हाम्रो लेकैमाको रिमेक हो ।

श्रेष्ठसँग नायक दिपिल रायमाझी, पल शाह लगायत चर्चित कलाकारसंगै काम गरेको अनुभव समेत छ । श्रेष्ठले जाले रुमाल, पिरिमको बाढि जस्ता चर्चित सांगितिक कोशेलीसमेत पस्केका छन् ।

भिडियो हेर्नुहोस् –

तपाईको प्रतिक्रिया