काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र माओवादीको फ्युजनले नै निर्वाचनमा सफलता सम्भव भएको बताएका छन्।
काठमाडौं-५ बाट प्रदेश तथा प्रतिनिधसभा सदस्यमा निर्वाचित वाम गठबन्धनका उम्मेदवारलाई बधाई तथा चियापान समारोहमा बोल्दै उनले दुवै पार्टीलाई ऐतिहासिक मौका मिलेको बताए। ‘एमालेको जितमा माओवादी र माओवादीको जितमा एमाले मिसिएको छ,’ उनले भने, ‘झन्डै दुई तिहाइ जितले हामीलाई ऐतिहासिक मौका दिएको छ। यो अवसरलाई चुक्न दिने छैनौं।’
एमाले र माओवादी पार्टी एकताको सन्दर्भ उठाउँदै उनले त्यसलाई जनताले अनुमोदन गरेको बताए।
एमाले पार्टी कार्यालय धुम्बाराहीमा बोल्दै उनले भने, ‘दुई पार्टीबीच एकताको अब विकल्प छैन, हामी चाँडै निष्कर्षमा पुग्नेछौं।’