गुराँस न्युज । तेह्रथुम, १ पुस । तेह्रथुमको आठराई गाउँपालिका–४, इवास्थित ऐतिहासिक धापेपोखरीको संरक्षणालागि स्थानीयबासीले पहल थालेका छन् । पोखरीलाई व्यवस्थित गरी पर्यटन स्थलको रुपमा विकास गर्न सकिने भन्दै स्थानीय पोमाजुङ सामुदायिक सिकाई केन्द्र र नमुना युवा क्लबको पहलमा पोखरी संरक्षणको अभियान थालिएको हो । शनिबार पोखरी र पोखरी परिसर सरसफाई गरिएको छ ।

पोखरीको परिसरमा आवश्यक पुर्वाधार समेत विकास गरी पोखरीलाई सो क्षेत्रका एउटा पर्यटकीय स्थल बनाउने लक्ष्यसहित संरक्षणको अभियान थालिएको पोमाजुङ सामुदायिक सिकाई केन्द्रका अध्यक्ष जयप्रकाश ईङनामले बताउनुभयो ।

स्थानीय युवा क्लबका सदस्यहरु, सिकाई केन्द्रका सदस्य तथा उपभोक्ताहरु र स्थानीयबासीहरुको उपस्थितिमा पोखरी सरसफाई गरिएको अध्यक्ष ईङनामले बताउनुभयो । पोखरीको थप संरक्षण र संवद्र्धन गरी व्यवस्थित गर्न वडा कार्यालय र गाउँपालिकाको कार्यालय तथा अन्य सरोकारवाला निकायहरुलाई माग राख्ने तयारी रहेको छ ।

पोखरी सफा गरेपछि :

 

पोखरी सफा गर्नुअघि:

तपाईको प्रतिक्रिया