छथर गाउँपालिका, तेह्रथुम
पहिलो गाउँसभाबाट पारित नीतिगत निर्णय

सन्तविर तिगेला, अध्यक्ष

१. सिधुवा शुक्रवारे सडक : यस छथर गाउपालिकाको मुख्य सडक सिधुवा शुक्रवारे सडक खण्ड विगत लामो समय देखि स्तर उन्नति भई रहेको र पछिल्लो समयमा नेपाल सरकारको डोलिडार र जिल्ला प्राविधिक कार्यालय तेह्रथुमको प्रत्यक्ष निगरानि र उन्नति परियोजनाको आर्थिक लगानिमा स्तरउन्नतिको कार्य भईरहेकोमा कामको जिम्मेवारी पाएको वाई पि. कन्स्ट्रक्सनले हाल सम्म गरेको काम सन्तोषजनक नपाईएको र समयसिमा १४ महिना समेत गुजारी सकेको तथा यस अघि पटक पटक गाउँपालिकासंग निर्माण कम्पनि र जिम्मेवार निकाय विच छलफल भई २०७४ भाद्र २५ गते भित्र शुक्रवारे सम्म सवारी साधन आवत जावत गर्न सक्ने गरी काम गर्ने प्रतिवद्धता सम्वन्धित पक्ष बाट भएता पनि हाल सम्म सन्तोषजनक ढंगले काम अगाडी बढेको नदेखिएकाले उक्त विषयमा तत्काल सम्वन्धित पक्षले गाउँपालिकासंग सम्झौता गरी बांकि काम अगाडी बढाउने वातावरण मिलाउन वा पुनः समय थप गरिने भएमा तत्काल छलफलको वातावरण बनाउन सम्वन्धित पक्षको ध्यानाकर्षण गर्दछ साथै गाउपालिका भित्र उन्नति परियोजना र एसएनआडिपी परियोजना बाट संचालन हुने योजनाहरु तत्काल सुचारु गर्न ध्यानाकर्षण गर्दछ ।

२. यस गाउँपालिकाको केन्द्र शुक्रवारे बजार हाल सम्म अब्यवस्थित बसोवास भईरहेकोले तत्काललाई बजार भित्र घर घडेरी विक्री वितरणमा रोक लगाउने र बजार ब्यवस्थापनका साथै बजार भित्र विकास निर्माणका कार्य गर्न बजार विकास समिति गठन गरी सहज बनाउने र अव्यवस्थीत बसोवास तथा सुकुम्बासी समस्या समाधानका लागी आयोग गठन गरी ब्यवस्थापन गर्ने साथै गाउँपालिका भित्र पहिचानमा रहेका भुमिहिन सुकुम्बासीहरुलाई यसै आ.व. बाट आवस्यक जग्गाको ब्यावस्थापनमा पहल सुरु गरी ब्यावस्थित गर्ने निर्णय गरीयो ।

३. प्रदेश नम्वर १ कै अत्यन्तै महत्व राख्ने ७६२ मेघावटको तमोर जलासय युक्त आयोजना हाल विद्युत प्राधिकरणबाट सम्भाब्यता अध्ययन भईरहेको र अध्ययनको क्रममा कावेली ए ३७.६ र लल्लो हेवा २१ मेघावट डुवानमा पर्ने नाममा उक्त जलासय युक्त आयोजना अगाडी नवढाउने बुझीन आएको हँुदा तेह्रथुम, पाचथर र ताप्लेजुंगको आर्थिक समृद्धिको मुख्य मेरुदण्डको रुपमा रहेको उक्त अयोजनालाई तत्काल अगाडी बढाउनका लागी नेपाल सरकारको ध्यान आकृष्ट गर्ने निर्णय गरीयो ।

४. सुरक्षा : गाउपालिकामा वित्तिय बैंक संचालन गर्न र शहरीकरण तिब्र रुपमा भईरहेकाले सुरक्षाको प्रत्याभुति आम नागरीकमा दिलाउनका लागी गाउँपालिकाको केन्द्रमा रहेको शुक्रवारे प्रहरी चौकिलाई स्तरउन्नति गरी ईलाका प्रहरी चौकी, अस्थायी प्रहरी चौकी ओख्रेलाई स्थायि बनाउन, शनिश्चरे बजारमा प्रहरी चौकि स्थापना गर्न र गाउँपालिका केन्द्रमा शशस्त्र प्रहरी बल राख्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरीयो ।

५. अस्पताल : यस अघि २५ शैयाको अस्पताल स्थापनाका लागी पहल भएकाले तत्काल कार्यान्वयनमा ल्याउनका लागी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत नेपाल सरकालाई ध्यानाकर्षण गराउने र बर्थिङ सेन्टर रहेको स्वास्थ्य केन्द्रमा र अन्य स्वास्थ्य केन्द्र सबैमा भवन निर्माणका लागी स्वास्थ्य मन्त्रालय, सहरी विकास मन्त्रालय सहित नेपाल सरकारलाई सिफारिस सहित अनुरोध गर्ने निर्णय गरीयो ।

६. लिफ्टीङ ः यस गाउपालिका भित्र सम्भाब्यता अध्ययनको क्रममा रहेका तेलिया लिफ्टिङ,तमोर लिफ्टिङ, कंशुवा लिफ्टिङ,लाई संचालन गर्न सम्वन्धित पक्षलाई अनुरोध गर्ने र लम्बु खोला, अधेरी खोला, तेलिया खोला, बम्बु खोला, तमोर नदिहरुमा थप सम्भाब्यता अध्ययन गर्नका लागी सम्वन्धित पक्ष सहित नेपाल सरकारमा अनुरोध सहित सिफारिस गर्ने निर्णय गरीयो ।
७. पुल : गाउपालिका भित्र निर्माण कार्य भईरहेको लम्बु पुल लाई चाडै काम सम्पन्न गर्न र सम्भाब्यता अध्ययन सहित प्राविधिक सर्भे भएको हाक्पारा पुल तत्काल काम थालनी गर्न सम्वन्धित पक्षलाई अनुरोध गर्ने र तेलिया दोभान, मझुवा तमोर दोभानमा मोटरेवल पुल, छरुवा र तेलिया दोभान त्रिवेणी घाट तमोर मोटरेवल पुल, खैरेनी तेलिया जोड्ने मोटरेवल पुल साथै वडा नम्वर ५ सालबोटे र वडा नम्वर ४ नौसिंगे झुलुङ्गे पुल, वडा नम्वर ३ पपदुङ र धन्कुटा कुरुलेतेनुपा देउराली झुलुङ्गे पुल, वडा नम्वर २ अमले बाट आंङदिम बम्बु खोला झुलुङ्गे पुल, वाडा नम्बर १ छाँगे खोला पुल, छोगे परेवादिन तेलिया खोला झुलुङ्गे पुल, निर्माणका लागी नेपाल सरकार र टि.बि.एस.यु. धरानलाई अनुरोध गर्ने निर्णय गरीयो ।

८. सिचाई : वाडा नम्वर १,२,३,४ लाई समेट्ने गरी बम्बु तेलिया सेक्टर सिचाई, वडा नम्वर ६ र ५ समेट्ने गरी परेवा खोला सेक्टर सिचाई, वडा नम्वर ५ र ६ समेट्ने गरी रैकर सिचाई, वडा नम्वर ५ र ६ समेट्ने गरी चितराज सिचाई, वडा नम्वर ६ का लागी रनागे सिचाई, वडा नम्वर ६ रजैया कुलो सिचाई, वाडा नम्वर ५ जुझारे मार्से निसान सिचाई, अधेरी डुम्रे सिचाई, अधेरी सालबोटे सिचाई, अधेरी नौसिंगे सिचाई,पहरे सिचाई योजना, बम्बु सिचाई योजना संचालन गर्नका लागी सिंचाई डिभिजन कार्यालय र नेपाल सरकारमा सिफारिस सहित अनुरोध गर्ने निर्णय गरीयो ।

९. खानेपानी ः तेलिया खानेपानी योजना यस आ.व. मा सम्पन्न गर्न सम्वन्धित पक्षलाई अनुरोध गर्ने र संचालनमा रहेका खानेपानी योजनाहरुलाई ब्यावस्थीत ढंगले सम्पन्न गर्न अनुगमन सहित अनुरोध गर्ने साथै वडा नम्वर ६ मछिन्द्र खानेपानी योजना, जनज्योति खानेपानी योजना, वडा नम्वर ५ ढाडखोला खानेपानी योजना, अधेरी खोला झगडीया खेत खानेपानी योजना, वडा नम्वर ४ अधेरी खानेपानी योजना, सुदाप खानेपानी योजना, हमरजुंग खानेपानी योजना, आंदिम खानेपानी योजना, छथर पोखरी खानेपानी योजना र बजार केन्द्रमा खानेपानी ब्यास्थापनका लागी पहिचान भएका मुलहरुलाई संचालन गर्न नेपाल सरकार र खानेपानी डिभिजन कार्यालयमा सिफारिस सहित अनुरोध गर्ने निर्णय गरियो ।

१०. कोल्ड स्टोर : गाउँपालिकामा उत्पादिन कृषिजन्य चिज वस्तुहरुलाई उचित बजारिकरण गर्नका लागी गाउँपालिका केन्द्रमा एक ब्यवस्थित कोल्ड स्टोर निर्माणका लागी सम्वन्धित पक्षमा सिफारिस सहित अनुरोध गर्ने निर्णय गरीयो ।

११. गैसस ः यस गाउपालिकामा अन्तराष्टिय गैरसरकारी संघ सस्था र गैर सरकारी संघसस्थाहरुलाई कार्यक्रम सहित लगानि गर्न उचित वातावरण मिलाउने निर्णय गरियो ।
१२. जग्गा ब्यावस्थापन ः गाउँपालिकालाई आवस्यक पर्ने जग्गाहरु सुचिकृत गरी सार्वजानिक सुचना आवह्वान गरी जग्गाको ब्यावस्थापन गर्ने र लगानि गर्नका लागी सम्वन्धित विषयगत मन्त्रालय तथा नेपाल सरकारमा अनुरोध गर्ने निर्णय गरीयो ।
१३. सामुदायिक स्वास्थ्य ईकाई ः यस गाउँपालिका भित्र सबै नागरीकहरुलाई स्वास्थ्यको पहुंचमा ल्याउनका लागी अहिले स्वास्थ्य केन्द्र भन्दा टाढा रहेका वस्तीहरु वाडा नम्वर ६ को छिपुवा र जोडिसल्लाको विच केन्द्र वाडा नम्वर ५ को भोर्ले वाडा नम्वर २ को सारदा मावि मा स्थापना गर्नका लागी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहित नेपाल सरकारमा अनुरोध गर्ने निर्णय गरियो ।

१४. वितिय बैंक : गाउपालिका केन्द्रमा कृषि विकास बैंकको शाखा स्थापनाका लागी सम्वन्धित पक्षमा पहल गर्ने र नेपाल राष्ट्र बैंक द्धारा निर्णय गरी यस गाउँपालिकामा तोकिएको बैंकलाई तत्काल संचालन गर्न अनुरोध गर्ने साथै अन्य वित्तिय बैंकहरुलाई शाखा स्थापना गर्न पहल गर्ने निर्णय गरीयो ।
१५. शिक्षा ः यस गाउँपालिकामा संचालन भईरहेको छथर क्याम्पसलाई थप स्तर उन्नति गर्नका लागी सम्वन्धित पक्षमा पहल गर्ने र वडा समितिबाट प्राथमिकिकरण भएका विद्यालयका भवन निर्माणका लागी गाउँपालिकाबाट सिफारिस गर्ने निर्णय गरियो ।

१६. चाड पर्व : नजिकिंदै गरेको चाडहरु दशै, तिहार, नेपाल सम्बत, छठ, चासोक तङनाम, लगायतका चाडहरुको अवसरमा सम्पुण छथरवासिहरुलाई हार्दिक मंगलमय शुभकामना प्रकट गर्दे चाडपर्वहरुमा नागरिकहरुलाई आवत जावतमा सहज बनाउन तत्काललाई सिधुवा सुक्रवारे, सुदाप, ओख्रे, फाक्चामारा, शनिश्चरे सम्म बस संचालन गर्न पहल गर्ने निर्णय गरीयो ।

१७. छथर गाउपालिका भित्र सामाजिक सुरक्षा भत्ता लिन योग्य छथरवासिहरुले पाउने सामाजिक सुरषा भत्ता वापतको रकम नजिकिदै गरेको महान चाड दशै तथा बैंकको सहज पहुंचको ब्यावस्था नभएको अवस्थालाई मध्यनजर गरी यस पटकको लागी जनप्रतिनिधिहरुको रोहवरमा उक्त सामाजिक सुरक्षा भत्ता वापतको रकम बांड्न ब्यावस्था मिलाउने निर्णाय गरीयो ।

१८. छथर गाउपालिका भित्र निर्माणकार्य भईरहेको र निर्माणाधिन अवस्थामा रहेका तथा अलपत्र अवस्थामा रहेको योजनाहरुलाई तत्काल पुरा गर्न सम्वन्धित पक्षलाई पत्राचार गर्ने निर्णाय गरीयो ।

१९. गाउपालिका भवन तथा वडा कार्यालय भवन निर्माण गर्न वांकि वाडाहरुमा आवस्यक जग्गा ब्यावस्थपन सहित प्रकृया अगाडी बढाउने निर्णय गरीयो ।
२०. यस गाउपालिकामा गत २०७२ बैसाख १२ मा गएको भुकम्पका कारण पिडीतहरुले रातो कार्ड पाएको तर राज्यबाट हाल सम्म कुनै पनि राहतका कार्यक्रम नपाएकाले रातो कार्ड प्राप्त गर्ने पिडीतहरुलाई तत्काल राहत उपलब्ध गराउनका लागी सम्वन्धित पक्षको ध्यानाकर्षण गर्ने निर्णाय गरीयो ।

गाउँपालिकाको वेभसाइट हेर्न यहाँ क्लिक गर्नुहोस् ।

तपाईको प्रतिक्रिया