काठमाडौँ । युरोकप २०२० को समूह चरण अन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा वेल्स इटालिसँग पराजित भएको छ। पराजय बेहोरे पनि वेल्स अन्तिम १६ मा स्थान बनाउन भने सफल भयो।

अन्तिम खेलमा समूह विजेता इटालिको सामना गरेको वेल्स १–० ले पराजित भएको हो। खेलको एकमात्र गोल मेटिओ पेसिनाले ३९औं मिनेटमा गरेका थिए।

३ खेलमा ३ जीतसँगै इटाली ९ अंकका साथ समूह विजेताका रुपमा नकआउट चरण प्रवेश गरेको हो। समूह चरणका ३ खेलमा ७ गोल गरेको इटालीले एक गोल पनि खाएन।

यस्तै, उपविजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको वेल्सले ३ खेलमा ४ अंक बटुलेको छ। टर्कीलाई २–० ले पराजित गरेको वेल्स स्विट्जरल्यान्डसँग १–१ को बराबरीमा रोकिएको थियो।

स्विट्जरल्यान्डले पनि ३ खेलमा समान ४ अंक बटुलेको छ। तर, वेल्ससँग गोलअन्तरका आधारमा पछाडी परेपछि स्विट्जरल्यान्ड नकआउट चरणमा प्रवेश गर्नबाट बञ्चित भयो।

स्विट्जरल्यान्डले ३ खेलमा १ जित, १ हार र १ बराबरी खेल्दा ४ गोल गर्दै ५ गोल खाएको थियो।

वेल्सले पनि ३ खेलमा समान नतिजा निकाल्दै ३ गोल गरेर २ गोल खाएको थियो। –१ गोलअन्तरका भएका कारण स्विट्जरल्यान्ड नकआउट चरण प्रवेश गर्न सकेन भने +१ गोलअन्तरका कारण वेल्स भने अन्तिम १६ मा स्थान बनाउन सफल भयो।

तपाईको प्रतिक्रिया