काठमाडौं । व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालयलाई कसरी लकडाउन सहज बनाउने भन्ने विषयमा सुझाव दिएका छन् । कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा ७ असारसम्मका लागि निषेधाज्ञा जारी छ । अब ‘स्मार्ट लकडाउन’ गर्ने चर्चा चलिरहेको बेला व्यवासायीहरुले सुझाव दिएका हुन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघले विभिन्न २१ वटा संघका अध्यक्षहरुसँगको छलफलबाट जिल्ला प्रशासन कार्यालयलाई कसरी लकडाउन सहज बनाउने भन्ने विषयमा सुझाव दिएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी र महासंघका अध्यक्षबीच गत शुक्रबार निषेधाज्ञा खुला गर्ने वा नगर्ने भन्ने विषयमा छलफल भएको हो ।

छलफलमा ७ असारपछि पनि सबै व्यवसाय बन्द गरिए स्वीकार्य नहुने व्यवसायीहरुको भनाई छ । महासंघका अध्यक्ष नरेश कटुवालका अनुसार कसरी सहज बनाउन सकिन्छ भनेर लिखित रुपमै सुझाव मागेपछि सुझाव दिएको हो ।

महासंघले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर अब सबै प्रकारका व्यापार व्यवसाय खुला गर्न राय दिएको छ । मल तथा सपिङ सेन्टरहरुहरुमा एउटा मात्रै प्रवेशद्वार प्रयोग गर्ने, प्रवेशद्वारमा थर्मल गनबाट तापक्रम प्रयोग गर्ने, मास्क र स्यानिटाइजर अनिवार्य गर्ने सुझावमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया