राधा राई । इटहरी । सामान्य किसान परिवारमा आश्रित रहेका छत्रपति खतिवडा अहिले इटहरीमा सफारी (विद्युतीय रिक्सा) चलाउँछन् । पहिले सामान्य आम्दानी हुने उनको दैनिकीमा अहिले मनग्य आम्दानी थपिन थालेको छ । हाल इटहरी बस्दै आएका खतिवडा रिक्सा व्यवसायवाट सन्तुष्ट छन् । बाल्यकाल मोरङको इटहरामा बिताएका उनले संघर्षपूर्ण जीवन बिताएका छन् । उनको परिवार सामान्य खेतीपाती गर्दै आफ्नो जीविका चलाउने गथ्र्यो । छत्रपतिले बुबाआमालाई खेतीपातीमा सघाउँदै स्थानीय सरस्वती माविबाट प्लस टुसम्मको अध्ययन गरे । त्यसपछि उनको परिवार इटहराबाट ०६२÷६३ सालको जनआन्दोलनको समयमा इटहरीमा बसाइँ स¥यो ।

इटहरी आएपछि छत्रपतिले खाली नबस्ने सोचले सुनसरीमा रहेको रिलायन्स कम्पनीमा काम गर्न थाले । त्यसबेला उनको कमाइ मासिक ३ हजार ७ सय ५० रुपैयाँ थियो । उनले त्यस कम्पनीमा डेढ वर्षसम्म काम गरे । त्यसपछि नजिकै रहेको इँट्टाभट्टा कारखानामा काम गर्न थाले । छत्रपतिलाई त्यस कारखानामा काम गर्न त्यत्ति धेरै गाह्रो थिएन । पारिश्रमिक पनि राम्रै थियो । यसरी नै उनले त्यही कामलाई प्राथमिकता दिँदै आफ्नो परिवारसँग रमाइलोसाथ २ वर्ष बिताए ।

त्यसछि छत्रपति वैवाहिक जीवनमा बाँधिन पुगे । वैवाहिक बन्धनमा बाँधिएका कारण उनलाई आफ्नो कमाइबाट परिवार धान्न निकै गाह्रो भयो । उनले विदेश गएर धेरै पैसा कमाउने सपना पाले । विदेश जाने सोचेका खतिवडाले मेनपावरमा गएर बुुझ्दा निकै रकम लाग्ने बताएपछि उनले यहीं केही गर्ने सोचे । विकल्पस्वरूप बजारमा विद्युतीय रिक्सा भित्रिन थालेकाले विदेश जाने रकम रिक्सामा लगानी गर्ने निचोडमा पुुगे । नभन्दै उनले रिक्सा कुदाउन थाले । बिस्तारै उनको कमाइ बढ्दै गयो । उद्योगमा मजदुरी गर्नुभन्दा सहज र राम्रो कमाइ हुने हुँदा उनले कमाइको पैसा बचत गर्न सक्ने भए । त्यसले सन्तान पढाउन र घरखर्च टार्न सहज भयो ।

उनले दैनिक सफारीको भाडाबापत ७ सय रुपैयाँ साहूलाई बुझाएर बाँकी रहेको रकम आफूले राख्थे । छत्रपतिले दैनिक १ हजार ५ सयसम्म आम्दानी गर्थे । त्यसपछि ऋण लिएर उक्त सफारी २ लाख २० हजारमा आफ्नो बनाए । उनले यही कामबाट आफ्नो सम्पूर्ण ऋण १ वर्षभित्रमा चुक्ता गरे । ऋणमुक्त भएपछि मासिक रूपमा ३५ हजारसम्म सहजै बचत गर्न सफल भएका खतिवडा अहिले परिवारसँगै बसेर रमाएका छन् । भन्छन्, ‘झन्डै सोच्दै नसोची विदेश पुुगिएनछ, त्यहाँ पनि यस्तो दुःख गर्ने हो । तर, परिवारसँग बसेर दुःुख गर्दा पीडा भुल्न सजिलो हुुने रहेछ ।’

आफ्नै देशमा पनि मेहनत भए राम्रै पैसा कमाउन सकिने भएकाले उनी अरू युवालाई यहीं केही गर्न सल्लाह दिन्छन् । कुनै पनि काम सानो नहुने र काम गर्न लाज मान्न नहुने उनको बुझाइ छ । विदेशमा गएर पनि योभन्दा नराम्रो काम आफ्नो परिवारसँग टाढा भएर गर्नुुभन्दा यहीं पसिना बगाउन र समयको सदुपयोग गर्न सके राम्रो कमाइ हुने उनी बताउँछन् ।
बिस्तारै सफारीको माग बजारमा बढ्दै गएका कारण आम्दानीमा अलिक असर परे पनि सन्तोषजनक नै रहेको र थुप्रै युवाले नेपालमै रोजगारी पाएकोमा उनी एकदमै खुसी छन् । कामको समयमा उनि थरि–थरिका मान्छे भेट्छन् । कोही झट्ट रिसाउँछन् त कोही खुसी हुन्छन् । धैरेले उनलाई मन पराउँछन् । नझर्किकन यात्रुुसँग व्यवहार गर्दा खुसी भएर कतिले त अलिक बढी भाडा पनि दिन्छन् ।

उनको बुुझाइमा बजारमा ट्राफिकको निशाना परे पनि यात्रुुको रोजाइमा सिटी रिक्सा नै लोकप्रिय छ । धेरैले सफारी मन पराउँछन् । बजार वरिपरि आवतजावत गर्न यो नै उत्तम माध्यम बनेको छ । विद्युत्बाट चल्ने हुँदा यो वातावरणमैत्री साधन बनेको छ । उनले सहरका भित्री सडकको दुरवस्थाका कारण यात्रुु र चालक दुवबैलाई गाह्रो हुने बताए । कम्तीमा नगरभित्रका सडक राम्रोसँग बनाए मात्र पनि आफूहरूलाई यात्रुुलाई सेवा दिन सहज हुने उनको भनाइ छ ।
यही कामबाट परिवार र आफनो जीवन राम्ररी चलेका कारण आफ्नो कामको सधैं पूजा गर्ने गरेको छत्रपतिले बताए । र, भविष्यमा योबाहेक अन्य राम्रो प्रविधि भित्रिएमा त्यसैअनुरूप अघि बढ्ने उनको योजना छ ।

तपाईको प्रतिक्रिया