तेह्रथुम, १ पुस । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा ३२ घर र करोडौँको धनमाल नष्ट हुने गरी आगलागी भएको एक वर्ष पुरा भएको छ । तर पीडितलाई देखाइएका राहतका सपना भने अधुरै छन् । आगलागीबाट सर्वस्व जलेकाहरु अहिलेपनि टहराबाट बाहिर निस्कन सकेका छैनन् ।

आगलागीबाट सक्रान्तिबजारका ३२ घर ध्वस्त हुँदा ७३ बढी परिवार विस्थापित भएका थिए भने १४ करोड रुपैयाँको धनमाल क्षति भएको थियो । अग्नीपीडितलाई तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेताहरु आएर विशेष राहत प्याकेजको घोषणा गरेका थिए । राहतको आशामा पीडितले अझैपनि टहरामा रात कटाइरहेका छन् भने आगलागीस्थल अझै विरक्तलाग्दो छ ।

तत्कालिन आठराई क्षेत्रका दर्जनबढी गाउँहरुको व्यापारिक केन्द्र सक्रान्तिबजारमा गतवर्ष पौष १ गते अर्थात् आजैका दिन दिउँसो भीषण आगलागी भएको थियो । सो दिनको स्मरण गर्दै सक्रान्तिबासीले पौष १ लाई कालो दिनको संज्ञा दिएका छन् । उनीहरुले कालो दिनको रुपमा मनाउँदै पुनः सक्रान्तिबजारमा आगलागी नहोस् भनी ‘अग्नी दहा पुजा’ समेत गरेका छन् ।

सो आगलागीबाट सक्रान्तिबजारका ३२ घर ध्वस्त हुँदा ७३ बढी परिवार विस्थापित भएका थिए भने १४ करोड रुपैयाँको धनमाल क्षति भएको थियो । अग्नीपीडितलाई तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेताहरु आएर विशेष राहत प्याकेजको घोषणा गरेका थिए । राहतको आशामा पीडितले अझैपनि टहरामा रात कटाइरहेका छन् भने आगलागीस्थल अझै विरक्तलाग्दो छ ।

जलेको क्षेत्रमा अझैपनि घरहरु ठडिएका छैनन् । आगलागीपछि विभिन्न व्यक्ति, संघसंस्थाले दिएको राहत रकमले पीडितको घाउमा मलमपट्टी लागेपनि दिगो राहत व्यवस्थापनमा सरकार चुकेको छ । राहत प्याकेज घोषणा गरेको वर्ष दिन वितेपनि सरकारले दिने भनेको रकम प्राप्त भएको छैन । अग्नीपीडितहरु निराश बनेका छन् ।

‘यसवर्षको जाडो पनि टहरामै बित्नेभयो, अग्नीपीडित सुर्य गुरुङ भन्नुहुन्छ, ‘विदेशबाट कमाई ल्याएको रुपैयाँ बनाएको घर छिनभरमै खरानी भयो, अर्को घर बनाउन पैसा छैन ।’ गुरुङले सरकारले सस्तो व्याजमा ऋण मात्र उपलब्ध गराएपनि आफ्नो व्यवस्था आफैँ गर्न सक्थेँ, भन्नुभयो । ‘जाडो समय छ, आफुलाई त बरु ठिकै छ, केटा–केटी र बुढाबुढीलाई साह्रै गाह्रो छ,’ गुरुङले भन्नुभयो ।

तत्कालिन प्रधानमन्त्री प्रचण्ड सहित सरकारका जम्बो टोलीले आगलागी क्षेत्रको निरीक्षण गरी एक करोड रुपैयाँसहितको विशेष राहत प्याकेज उपलब्ध गराउने घोषणा गरेको थियो । प्रचण्डले घोषणा गरेको राहतको एक करोड मात्रै आएपनि आफुहरुलाई राहत हुने अग्नीपीडितले आशा गरेका थिए । तर सो रकम अहिलेसम्म प्राप्त नभएपछि अग्नीपीडितले नगदै राहत पाउने आश मारेका छन् । नगद रुपैयाँ नपाएपनि प्याकेजमा घोषणा गरेका कार्यक्रमहरु पुरा हुने आशामा अहिले पनि पीडितहरु टहरामै बस्न बाध्य छन् ।

आगलागीमा घरसहित सर्वस्व जलेकाहरु तत्काल व्यवस्था गरेको टहरामा बसेका थिए । अहिले पनि उनीहरु त्यही टहरामै रात कटाइरहेका छन् । आगलागीले सर्वस्व गुमाएका तीन परिवार अहिलेपनि टहरामै बसिरहेका स्थानीयबासी अमृत बाँस्तोलाले बताउनुभयो । बाँकी परिवारहरु भने आफ्नो व्यवस्थापन आफैँ गरेर डेरामा बसेका छन् ।
‘यसवर्षको जाडो पनि टहरामै बित्नेभयो, अग्नीपीडित सुर्य गुरुङ भन्नुहुन्छ, ‘विदेशबाट कमाई ल्याएको रुपैयाँ बनाएको घर छिनभरमै खरानी भयो, अर्को घर बनाउन पैसा छैन ।’ गुरुङले सरकारले सस्तो व्याजमा ऋण मात्र उपलब्ध गराएपनि आफ्नो व्यवस्था आफैँ गर्न सक्थेँ, भन्नुभयो । ‘जाडो समय छ, आफुलाई त बरु ठिकै छ, केटा–केटी र बुढाबुढीलाई साह्रै गाह्रो छ,’ गुरुङले भन्नुभयो ।

तत्कालिन प्रधानमन्त्री प्रचण्डले राहतको विशेष प्याकेज स्वरुप अग्निपीडित परिवारलाई पुनःनिर्माण तथा व्यावसाय पुर्नःस्थापित गर्न विना धितो न्युन ब्याजदरमा ऋण उपलब्ध गराउने, सदमुकाम म्याङलुङ र सक्रान्तिबजारमा वृहत खानेपानी आयोजना सहितको फायर हाईडे«लको सन्चालन, दमकल खरिद, संक्रान्तिबजारमा चाडै केन्द्रीय प्रशारण लाइन विस्तार लगायत कार्यक्रमहरु घोषणा गर्नुभएको थियो । तर अहिलेसम्म कुनैपनि योजनाको प्रक्रिया अघि बढेको छैन ।

तत्कालिन प्रधानमन्त्री प्रचण्डले राहतको विशेष प्याकेज स्वरुप अग्निपीडित परिवारलाई पुनःनिर्माण तथा व्यावसाय पुर्नःस्थापित गर्न विना धितो न्युन ब्याजदरमा ऋण उपलब्ध गराउने, सदमुकाम म्याङलुङ र सक्रान्तिबजारमा वृहत खानेपानी आयोजना सहितको फायर हाईडे«लको सन्चालन, दमकल खरिद, संक्रान्तिबजारमा चाडै केन्द्रीय प्रशारण लाइन विस्तार लगायत कार्यक्रमहरु घोषणा गर्नुभएको थियो । तर अहिलेसम्म कुनैपनि योजनाको प्रक्रिया अघि बढेको छैन ।

श्रोतका अनुसार प्रधानमन्त्रीले दैवीप्रकोप राहत तथा उद्धार कोषबाट एक करोड रुपैयाँ दिने घोषणा गरेपनि अर्थ मन्त्रालयले स्वीकृति नदिएपछि सो रकम आउन नसकेको हो । तर पछि अग्नीपीडितका प्रतिनिधिसँग सरकारले घर बनाउन विना धितो ऋण उपलब्ध गराउने सहमति गरेको थियो । त्यही ऋण पाउने आशामा पीडितहरु अहिलेपनि पर्खिएर बसेका छन् । तर सरकारी तवरबाट त्यसतर्फ कसैले चासो देखाएको छैन ।

जनप्रतिनिधिहरुले समेत राहत र पुनःस्थापनाको विषयमा ध्यान दिएका छैनन् । घरहरु निर्माणका लागि सस्तो व्याजमा शहरी क्षेत्रमा २५ र अन्य क्षेत्रमा १५ लाख रुपैयाँसम्म विना धितो ऋण दिने सहमति भएपनि अहिलेसम्म सो प्रत्रिया समेत नबढेको अग्नीपीडित अमृत गहतराजले बताउनुभयो । सरकारले ऋण दिने व्यवस्था गर्ला र घर बनाउँला भन्ने आशामा गहतराज अहिलेपनि पर्खिरहेका छन् । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले भने राष्ट्र बैंकले सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउने विषयमा कार्यविधि बनाउन ढिला भएकाले पीडित परिवारलाई ऋण उपलब्ध गराउन ढिलाई भएको बताउनुहुन्छ ।

सो कार्यविधिले घरधनीहरुलाई घर बनाउन सहुलियत ब्याजमा ऋण उपलब्ध गराउने व्यवस्था बनाउनेछ । यता ती घरमा व्यवसाय गर्ने व्यापारीहरु भने आफुहरुको सर्वस्व जलेको तर आफुहरुले नै राहत नपाएको गुनासो गरिरहेका छन् । क्षतिका आधारमा राहत वितरण नगरी घरधनीले मात्रै राहत पाउने भएपछि व्यापारीहरु चिन्तित बनेका हुन् ।

आगलागी पछि जिल्ला दैवी प्रकोप उद्धार समितिले संकलन गरेको ६० लाख रुपैयाँ बढी राहत रकम भने वितरण भइसकेको छ । समितिले करिब छ महिनासम्म रकम संकलन अभियान सन्चालन गरी ६० लाख रुपैयाँ बढी रकम अग्नीपीडितहरुलाई क्षतिका आधारमा वितरण गरेको हो । आगलागीमा आगलागीबाट १४ करोड ८ लाख रुपैयाँको धनमाल जलेर नष्ट भएको थियो ।

तपाईको प्रतिक्रिया