-प्रकाश धौलाकोटी
तेह्रथुम, १ पुस । जिल्लाको फेदाप गाउँपालिका –३, जलजलेका ५५ वर्षे दयाराम भट्टराई एसएलसीसम्मको पढाईपछि २०४५ सालमा संस्कृत पढ्नका लागि वनारस जानुभयो । वनारस जानुभएका उहाँले त्यहाँ जाँदा–आउँदा सिक्किम, दार्जिलिङ घुम्ने मौका पाउनुभयो । त्यहाँको जनजीवन र जीवनशैली पनि देख्नुभयोे, तर आफूले पढेको संस्कृत विद्या र पण्डित्याई कार्य भन्दा त्यहाँको व्यावसायिक खेती र जीवनशैलीले उहाँलाई प्रभावित पार्याे ।
२०४२–४३ सालबाटै गाउँमा अदुवा खेती सुरु भएको दार्जिलिङका बासिन्दाले गरेको व्यवसायिक खेती देखेपछि भट्टराईले गाउँ फर्किएर अदुवाको खेतीमा लाग्न अभियान चलाउनुभयो । संस्कृत पढेर जजमान गर्दै पण्डित भएर गाउँ पस्नुपर्ने दयारामले गाउँ फर्किएर अदुवाको व्यावसायिक खेती सुरु गर्नुभयो । सुरुमा आफूसँगै छिमेकीलाई पनि अदुवाको व्यवसायिक खेतीमा लाग्न सुझाब दिनुभयो ।
२०४२–४३ सालबाटै गाउँमा अदुवा खेती सुरु भएको दार्जिलिङका बासिन्दाले गरेको व्यवसायिक खेती देखेपछि भट्टराईले गाउँ फर्किएर अदुवाको खेतीमा लाग्न अभियान चलाउनुभयो । संस्कृत पढेर जजमान गर्दै पण्डित भएर गाउँ पस्नुपर्ने दयारामले गाउँ फर्किएर अदुवाको व्यावसायिक खेती सुरु गर्नुभयो । सुरुमा आफूसँगै छिमेकीलाई पनि अदुवाको व्यवसायिक खेतीमा लाग्न सुझाब दिनुभयो ।
२०५१ सालतिर गाउँका धेरैले अदुवा रोपिसकेका थिए । जान्ने बुझ्नेले व्यावसायिक रुपमै अदुवाको खेती लगाउन थालेका थिए । परम्परागत बालीभन्दा बढी आम्दानी दिने भएपछि भट्टराईले व्यवसायिक रुपमै अदुवा खेतीमा लाग्नुभयो । २०५२ सालमै आफूले ९० हजार रुपैयाँको अदुवा बेचेको भट्टराईले बताउँनुभयो । उहाँले त्यसयता निरन्तर अदुवा खेती गर्दै आउनुभएको छ । तर २०५४ सालपछि अदुवाको बजार झण्डै एक दशकसम्म निरन्तर ओरालो लागेको थियो । त्यतिवेला अदुवा प्रति केजी (किलोग्राम) ३/४ रुपैयाँको दरले कारोबार भएको भट्टराईले बताउनुभयो ।
‘मैले अदुवा खेती गरेको यत्तिका वर्षमा उही अदुवा प्रति केजी ३ रुपैयाँले बेचेको छु,’ उहाँ भन्नुहुन्छ, ‘अनि कुनै वर्ष प्रति केजी एकसय १० रुपैयाँले पनि कारोबार गरेको छु ।’ बजारमा ह्वात्तै गिरेको अदुवाको शाख २०६१ सालपछि फेरि उदायो । २०६१ सालमा आफूले अदुवा १ सय १० रुपैयाँ प्रति केजीले बेचेको उहाँले बताउनुभयो । त्यस वर्ष उहाँले अदुवा बेचेरै १ लाख रुपैयाँ आम्दानी गरेको बताउँनुभयो ।
त्यसयता हरेक वर्ष कम्तिमा ३०–४० हजारदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएको छ । २०७० सालपछि फेरि अदुवाले बजार पाउन छाडेको उहाँ बताउनुहुन्छ । गाउँ–गाउँमा अधिक मात्रामा उत्पादन हुन थालेपछि २०७१ सालमा अदुवाको मूल्य फेरि ३–४ रुपैयाँमा झरेको थियो । जुन वर्ष धेरैको अदुवा बारीम राख्दा–राख्दै कुहिएको भट्टराई बताउनुहुन्छ । त्यसयता भट्टराईले अदुवाको बजार पर्खिएर त्यही अनुसार खेती लगाउँदै आउनुभएको छ । यो वर्ष भट्टराईले बिउका लागिमात्रै अदुवा रोप्नुभएको छ । अहिले आफूले २ क्विन्टल मात्रै रोपेको र त्यसबाट झण्डै १५ क्विन्टल उत्पादन हुने उहाँको अनुमान छ । त्यसले आफूसहित माग गर्ने अरु कसैलाई समेत विउँको रुपमा काम गर्ने उहाँ बताउनुहुन्छ ।
२०५१ सालयता अहिलेसम्म निरन्तर अदुवाको खेती लगाउँदै आउनुभएका भट्टराई गाउँमा अदुवा विशेषज्ञ जस्तै हुनुहुन्छ । गाउँमा उहाँलाई अदुवा खेतीका अभियन्ताको रुपमा समेत चिन्छन् । उहाँको अभियान अहिले सफल पनि भएको छ । जलजले गाउँका झण्डै पाँचसय बढी घरधुरीले अहिले अदुवाको खेती लगाएका छन् ।
त्यसो त अदुवा खेती सुरु गर्दा भट्टराईले निकै चुनौति पनि खेप्नुपर्यो । कुनैवेला अदुवा पनि कुनै आम्दानी दिने बाली हो र ? भन्ने गाउँका किसान अहिले मूल्य घटे पनि मकैभन्दा फाइदै छ भनेर अदुवा नै रोप्न थालेपछि उहाँ दङ्ग हुनुहुन्छ । २०५१ सालतिर अदुवा खेतीका लागि लगानी गर्न ऋणका लागि कृषि विकास बैंकको म्याङलुङ शाखामा पुग्दा उहाँलाई त्यत्तिकै फिराइएको थियो । धेरै पटक धाउँदा उहाँले अदुवा खेतीकै लागि भनेर ५ हजार रुपैयाँ ऋण पाउनुभएको थियो । पछि अदुवा राम्रो फल्न थालेपछि बैंकले अरुपनि ऋणी खोजेर ल्याऊ भनेर निर्देश गरेको उहाँले बताउँनुभयो ।
त्यसो त अदुवा खेती सुरु गर्दा भट्टराईले निकै चुनौति पनि खेप्नुपर्यो । कुनैवेला अदुवा पनि कुनै आम्दानी दिने बाली हो र ? भन्ने गाउँका किसान अहिले मूल्य घटे पनि मकैभन्दा फाइदै छ भनेर अदुवा नै रोप्न थालेपछि उहाँ दङ्ग हुनुहुन्छ ।
संस्कृत विद्या पढे पनि कृषि क्रान्तिमा लागेका भट्टराईलाई मुलुकमा आएको राजनीतिक परिवर्तनले पनि प्रभावित पा¥यो । तर कृषि पेशा भने विस्थापित गर्न सकेनन् । २०५१ सालदेखि माओवादी द्वन्द्व सुरु भएपछि त्यसतर्फ आकर्षित भएका भट्टराईले २०५५ सालपछि झण्डै पाँच वर्ष कृषि पेशामा राम्रो काम गर्न पाउनुभएन ।
उहाँ १८ महिना प्रहरी हिरासतमा बस्नुभएको थियो, तर त्यहाँबाट निस्किएपछि पनि उहाँले कृषिबाटै समृद्धिको सपना देख्नुभयो । अहिले पनि उहाँ त्यही अभियानमा निरन्तर जुटिरहनुभएको छ । उहाँलाई गतवर्ष जिल्ला कृषि विकास कार्यालयले उत्कृष्ट कृषक पुरस्कारबाट समेत सम्मान गरेको थियो । केही वर्षयता अदुवामा रोगको संक्रमण बढेकाले नेपाली अदुवाको गुणस्तर घटेको भट्टराईको भनाई छ । जस कारण अन्तर्राष्ट्रिय बजारमा अदुवाको माग घटेको उहाँको बुझाई छ । त्यसकारण अदुवाको मूल्य घटेकाले अदुवाको व्यावसायिक खेती संकटमा परेको उहाँ बताउनुहुन्छ ।
गाउँमा अदुवासहित कृषि कर्यमै लागौँ भनेर अभियान थालेका भट्टराईको गाउँ अहिले हरियाली भएको छ । उहाँ भन्नुहुन्छ, ‘पहिले हाम्रो मेहेरबुङ गाउँको नाम सुन्दै कहालिलाग्दो अवस्था थियो, न पानी थियो, न हरियाली, न रुख बुट्टा नै थियो ।’ गाउँका अधिकांशले पाखो बारी खनजोत गर्थे, बाली लगाउँथे । तर उत्पादन भने हुँदैनथ्यो । किसानले मेहिनेत धेरै गर्थे, तर उत्पादन थोरै हुन्थ्यो । उहाँले त्यही उत्पादन नहुने जमिन बाँझो बनाएर बन विकास गर्न भन्नुभयो, अनि त्यो बाँझिदो पाखामा अम्लिसो लगायत नगदे बाली लगाउन सुझाउनुभयो । अहिले मेहरबुङमा खानेपानीका मुहान स्थानीय बासिन्दालाई पुग्नेगरी भएको उहाँले बताउनुभयो ।