काठमाडौँ । बामगठबन्धनले चुनाव जितेपछि एमाले र माओवादी केन्द्रवीच एकताका विषयमा अनेकौ अड्कालवाजी भएका छन् ।
एकता र नेतृत्वको विषयमा विषयमा नेताहरुका फरक–फरक देष्टिकोण पनि बाहिर आएका छन् । सामाजिक मिडियामा पनि दुवै कोणबाट बहस भएका छन् । यस्तोमा नेताहरुको सोच के छ त ?
हामीले एमाले उपमहासचिव घनश्याम भुसाल र माओवादी केन्द्रका नेता विश्वभक्त दुलालसँग कुराकानी गरेका छौँ । उनीहरुको भनाई यस्तो छ ।
घनश्याम भुसाल, उपमहासचिव, नेकपा एमाले
हामीले जुन उत्साह र विचारका साथ चुनावमा गठबन्धन बनाएर गयौँ । यो गठबन्धन चुनावको लागि मात्रै थिएन । हामील दुबै पार्टी एउटै बनाउने भनेर गठबन्धन बनाएका हौँ । जुन कुराले परिणाम पनि राम्रो आयो । जनताले उत्साहका साथ हामीलाई भोट दिए ।
अब बृहत्तर सोचका साथ अगाडि बढ्नुपर्छ । यसको लागि वृहत्तर बहस छलफल हुन आवश्यक छ । कसरी पार्टी एकता हुने ? कसरी सरकार बन्ने ? सकारको नेतृत्व कसले गर्ने ? पार्टीको नेतृत्व कसले गर्ने ? यी प्रश्नहरुको पहिला नै टुङगो लाग्नु पर्छ ।
पार्टी एकिकरण प्रक्रिया यसरी जान्छ । सांगठनिक ढाँचा कस्तो हुन्छ । बैचारीक कुरा कस्तो हुने ? पार्टी कसले चलाउने ? सरकार कसले चलाउने त्यो कुरा सरकार बन्नु भन्दा पहिला टुङ्ग्याउनु पर्छ ।
यहाँ लागेको हुन सक्छ केपी ओलीज्यूलाई सरकार बनाउ र नेतृत्व गरौँ पार्टी एकता हुँदै गर्ला ।
उता प्रचण्डजीलाई पनि सरकार बनाएपछि पार्टी एकता के हो के भन्ने लाग्नु स्वभाविक नै हो । हाम्रो देशमा यो भन्दा पहिला धेरै पटक राजनीतिमा नैतिकताको खडेरी देखिएका उदाहण प्रसस्त नै छन् ।
यसकारण प्रचण्डजीले शंका गर्नु पनि स्वभाविक नै हो । त्यसकारण यी दुबै विषयको मोटामोटी खाका सहितसंगै जानु आवश्यकता छ । यो विना पार्टी एकता संभव नै हुदैन ।
जहाँ सम्म सामाजिक संजालमा जे कुरा आएको कुरा छ, त्यो दुबै पक्षबाट गलत हो । यस्ता कुरा लेख्ने मान्छे न एमाले हो न माओवादी हो । अहिले त सबैले मिलेर जानुपर्छ । किन एकले अर्कालाई दोषाोपण गर्नु प¥र्यो ।
पार्टी एकता गर्ने हो भने पहिला सबै नेपाल कम्युनिष्ट पार्टीको सदस्य हुँ भन्ने भावनाले ओतप्रोत हुनु पर्छ ।
जब हामी दुबै पार्टीका सदस्यहरुले पहिला आफुलाई नेपाल कम्युनिष्ट पार्टीको सदस्य ठान्नु पर्छ । हामी पहिला नेपाल कम्युनिष्ट पार्टीको सदस्य हौँ । अनिमात्र एमाले र माओवादीका सदस्य हौँ । यी त कम्युनिष्ट पार्टीको भगाला न हुन ।
पार्टी एकता भनेको सामान्य कुरा होइन । यसमा सिद्धान्तको बहस हुन्छ । सांगठनिक बहस हुन्छ । अहिले केबल राजनीतिक आधारमा मात्र एकताको कुरा भएको छ । यसलेमात्र पार्टी चल्दैन, नत एकता नै हुन्छ । तर, यो सबै सरकार र पार्टी एकता संगसंगै हुनुपर्छ । एक अगाडि एक पछाडि हुनुहुँदैन ।
पार्टीको जिम्मा कसलाई दिने सकारको जिम्मा कसलाई दिने पहिला नै फाइनल हुनु पर्छ । सांगठनिक व्यवस्थापन हुनु पर्छ । तब मात्र एकता हुन्छ । सरकार बनाउन सहज हुन्छ ।
विश्वभक्त दुलाल, नेता , माओवादी केन्द्र
यो गठबन्धन नेताहरुको इच्छामा भएको हो । अझ नितान्तरुपमा भन्नु पर्दा दुई पार्टीका दुई नेताले गरेको गठबन्धन हो । यसमा कसैले भाग लिन बहस छलफल गर्न नै पाएन ।
पार्टी एकता र सरकार निमार्णको बारेमा ती दुई नेताहलाई थाहा होला बढी । के के गोप्य सम्झौता भएका छन् । कि त खुल्ला भएको भए भन्न सजिलो थियो ।
यी दुबै पार्टी २० बर्षबाट अलग अलग भएर आएका हुन् । यीनका कार्यकर्ताको प्रशिक्षण फरक छ । सिद्धान्त फरक छ । पथपर्दशक सिद्धान्त फरक छ । यहाँ एकता जायज हो । तर, यो अप्राकृतिक एकता हुने छ । यसको लागि तर्क चाहिन्छ । अहिलेसम्म कसैले पनि एकताको बारेमा तर्क अगाडि सारेका छैनन । हामी यो–यो कारणले एमाले भयाँै । यो यो कारणले माओवादी भयौँ भनेर भन्नुपर्यो । तब न एकता हुन्छ ।
यी दुबै कम्युनिष्ट पार्टी हुन । बाउले छोरालाई नसोधी सम्पति बेचे जस्तो हुँदैन । बहस छलफल हुनु पर्छ । अहिलेसम्म भएको छ्रैन । पार्टी एकतामा आम नेता कार्यकर्ताले भाग लिन पाउनुपर्छ ।
यदि यहि तालमा एकता हुने हो भने नेता केपी ओली हुन । एमाले माओवादी भन्दा दोब्बर सीट जितेको छ । यो आधारमा सरकार र पार्टी दुबैको नेता ओली हुन् ।
यदि विचारको आधारमा एकता हुने भए बहस छलफलबाट हुने हो । अहिले त्यस्तो छैन । अनि जसको बढी सीट त्यहिँ नेता हुन्छ ।
रातोपाटी अनलाइनबाट ।