काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको अन्तिम नतिजा आज मात्रै सकिने भएको छ। केही प्रदेशको मत परिणाम भने आइसकेको छ। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले अझै केही जिल्लाको मतगणना बाँकी रहेको बताएका छन्।

अन्तिम अवस्थामा आइपुग्दा नेकपा एमालेले अग्रता कायमै राखेको छ। प्रत्यक्षमा अप्रत्यासित हार बेहोरेको नेपाली कांग्रेस भने समानुपातिकमा दोस्रो स्थानमा छ।

आज बिहान ८:३० बजे प्राप्त दलहरुको मत-
नेकपा एमाले : ३१,२९,३५५
नेपाली कांग्रेस : ३०,६६,८४९
माओवादी केन्द्र : १२,७४,४५३
संघीय समाजवादी फोरम : ४,५९,४३२
राष्ट्रिय जनता पार्टी राजपा : ४,४७,८३८
विवेकशील साझा पार्टी : २,११,५१२
राष्ट्रिय प्रजातन्त्र पार्टी : १,९३,९५५
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक): ८७,५११
नयाँ शक्ति पार्टी, नेपाल : ८०,७३९
राष्ट्रिय जनमोर्चा : ६२,०४५
अन्य: ३,४७,८७७

तपाईको प्रतिक्रिया