ताप्लेजुङ, १ पुस । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले तमोर करिडोर निर्माण तथा स्तरोन्नति, जिल्लाका हरेक गाउँलाई सडक सञ्जालले करिडोरसँग जोड्नेलगायत निर्वाचनअघि आफूले गरेका प्रतिबद्धता पूरा गरेरै छाड्ने बताउनुभएको छ ।
निर्वाचनमा मत दिएर जिताएका जनतालाई धन्यवाद दिन आज फुङलिङ, याङवरक, सिरिजंघा, सिदिंवा र फक्ताङलुङ गाउँपालिका पुग्नुभएका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य भट्टराईले सबै गाउँलाई यातायातको पहुँचमा पु¥याउन सके पर्यटन प्रर्वद्धन हुनाका साथै कृषिको व्यवसायीकरण बढ्ने बताउनुभयो । यस्तै तमोर, काबेलीलगायत जलाशय क्षेत्रलाई उपयोग गरी ताप्लेजुङलाई विद्युत्को भण्डारका रुपमा विकास गरिने पनि उहाँको भनाइ छ ।
सो अवसरमा प्रदेशसभा सदस्यमा निर्वाचित टंक आङ्बुहाङले गाउँगाउँमा सिंहदरबार आइपुगेकाले अब जनताले हिजोको जस्तो दुःख नपाउने बताउनुभयो ।