गुराँस न्युज । तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाका सबै बस्तीमा विद्युत विस्तारका लागि गाउँपालिकाले ‘उज्यालो छथर अभियान’ सुरु गरेको छ । विपन्न र पछाडि पारिएकाहरुको बसोबास रहेका बस्तीहरुमा अहिले पनि विद्युत विस्तार हुन नसकेको भन्दै गाउँपालिकाले सबै घरधुरीमा विद्युतीकरण गर्ने योजना अघि सारेको हो । छथर गाउँपालिकाका सबै वडामा केन्द्रीय प्रशारण लाइनको विद्युतीकरण भएको छ, तर सबै घरधुरीमा जडान हुन सकेको छैन ।

आर्थिक रुपमा विपन्नहरुको बस्तीसम्म विद्युतको पहुँच पुग्न नसकेको हो । गाउँपालिकाले सबै बस्तीका सबै घरधुरीमा बत्ती पु¥याउन चालु आर्थिक वर्ष २०७४÷०७५ को गाउँसभाबाट बजेट विनियोजन गरी ‘उज्यालो छथर अभियान’ सुरु गरिएको अध्यक्ष सन्तवीर लिम्बुले बताउनुभयो ।

सो अभियान सन्चालनका लागि घरधुरी तथ्यांक संकलन गरी विपन्न बस्तीहरुमा विद्युतीकरणको लागि गाउँपालिकाले अनुदान उपलब्ध गराउने भएको हो । विद्युतीकरणको पहुँच नहुने बस्तीमा सोलार बत्ती जडान गरिने अध्यक्ष तिगेलाले बताउनुभयो । गाउँपालिकाको प्रारम्भिक तथ्यांक अनुसार अहिले १ सय ८७ घरधुरी अन्धकारमा बस्न बाध्य छन् । उनीहरुलाई चालु आर्थिक वर्षभित्रै विद्युत सेवाको पुहँचमा पु¥याइने अध्यक्ष तिगेलाले बताउनुभयो ।

सो अभियानका लागि चालु आवमा १० लाख रुपैयाँ बजेट छुट्याएको उहाँले बताउनुभयो । गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा गाउँपालिकालाई दुई वर्षभित्र पुर्णरुपमा उज्यालो बनाउने लक्ष्य राखिएको छ । ‘दुर्गमका विपन्न बस्तीसम्म कसैको ध्यान पुगेको देखिएनँ, विपन्नले पनि उज्यालोमा बस्न पाउनुपर्छ,’ अध्यक्ष तिगेलाले भन्नुभयो, ‘त्यसैले गाउँपालिकाले यस्तो नीति लिएको हो ।’ अध्याँरोमा बस्नुपर्दा त्यस्ता बस्तीका बालबालिकाले राम्रो पढ्न लेख्न पनि पाएका छैनन् ।

तपाईको प्रतिक्रिया