पाँचथर । सिरीजंगाको ३ सय १३ औ जन्मजयन्ती पाँचथरको फिदिममा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
दिवशकै अवसर पारेर आयोजना गरिएको याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालद्धारा आयोजना गरिएको ७ दिने याक्थुङ भाषा लिपी प्रशिक्षणको शुक्रबार समापन भएको छ । समापन समारोह वोल्ने वक्ताहरुले लिम्बू भाषा लिपीको संरक्षण संर्वद्धन गर्नुपर्ने आवश्यकता औल्याएका थिए ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष राजेन्द्र जवेगुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष हरि चोङबाङ,नेपाली काग्रेस पाँचथर जिल्ला सचिव रुपनारायण जवेगु,भाषा विद हरिचन्द्र लावती लगायतले वोल्नुभएको थियो ।