तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकामा बहुविवाह गर्ने वडा सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । आठराई गाउँपालिका ६ वडाका वडासदस्य तेजबिक्रम कन्दङवालाई प्रहरीले पक्राउ गरेको हो ।

वडा सदस्य कन्दङवाले अर्को श्रीमती घरमा ल्याएपछि उनका श्रीमती विष्णु कन्दङवाले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो । कन्दङवाले गत शनिबार दोश्रो विवाहका लागि अर्कैको श्रीमती हरीकला आचार्यलाई घरमा भित्रियाएका थिए ।

वडा सदस्य कन्दङवाका ३ जना छोरी र १ जना छोरा गरी ४ सन्तान छन् । हरिकलाका २ जना छोरा छन् । कन्दङवालाई घरैबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरक्षक कोमल ठाकुरले जानकारी दिनु भयो ।

पक्राउ परेका वडासदस्य कन्दङवा र हरिकलालाई म्याद थप गरी अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

तपाईको प्रतिक्रिया