तेह्रथुम, २९ मंसिर । तेह्रथुमको आठराई गाउँपालिका–६, चुहानडाँडाको हिलेमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । घर नजिकै रहेको मुठे परालमा आगो सल्किएपछि रामबहादुर खापुङ र छेऊमै रहेको उहाँकी आमाको घर जलेर पुर्ण रुपमा नष्ट भएको हो ।

बच्चाहरुले लाइटर खेलाउँदा मुठे परालमा सल्किएको आगोले खापुङको दुई घर पुर्ण रुपमा नष्ट बनाएको स्थानीयबासी कृष्ण बाँस्कोटाले जानकारी दिनुभयो । आगलागीबाट अन्दाजी पाँच लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ । घरमा भएका अन्नपात, लत्ताकपडा लगायत सबै सामाग्री जलेर नष्ट भएको खापुङले बताउनुभयो ।

मध्यान्हपछि सल्किएको आगो हावाले अन्यत्र पनि लैजान सक्ने भएपछि स्थानीयबासीले नियन्त्रणमा लिएका थिए । घर र लत्ताकपडा सबै जलेर नष्ट भएपछि खापुङको ६ जनाको परिवारमा विचल्लीमा परेको छ ।

तपाईको प्रतिक्रिया