काठमाडौं– चार साताअघि ललितपुरमा  सामूहिक बलत्कारपछि हत्या प्रयासको घटनामा संलग्न अभियुक्तहरु पीडित युवतीकै श्रीमानका साथीहरु भएको खुलेको छ । पक्राउ परेका रघु सिलवाल, बिशालध्वज कार्की र पवन कुँवर पीडित युवतीकै श्रीमानका साथीहरु भएको प्रहरीले जनाएको छ।

पक्राउ परेक तीनै जनालाई शुक्रबार महानगरीय प्रहरी परिसर ललितपुरले जर्बजस्तीकरणी र ज्यान मार्ने उद्योग मुद्दामा कारबाही अघि बढाएको छ । शुक्रबार उनीहरुलाई अदालतमा पेश गरी मुद्दा प्रक्रिया अघि बढाइएको ललितपुर परिसरका प्रवक्ता डिएसपी नरेन्द्र चन्दले बताए।

 अफिसबाट घर फर्कदै गर्दा गत मंसिर २ गते ललितपुरमा  युवतीको सामूहिक बलत्कारको प्रयास गर्दा प्रतिकार भएपछि हत्या प्रयास भएको थियो । गोदावरी नगरपालिकाको बाँडेगाउँमा २१ वर्षिय युवतीको उनीहरुले नै हत्या प्रयास गरेको  प्रहरीले जनाएको छ । पीडित पक्षले बलत्कार नै भएको भन्दै जाहेरी दिएको डिएसपी चन्दले बताए।

  साँझ करिब पौन सात बजेको  समयमा बाँडेगाउँको बस स्टेसनमा बसबाट झरेर हिड्दै घर फर्कदै गर्दा बाटोमा रहेका केही युवाहरुले उनलाई सडकबाट धकेलेर झाँडीमा पु¥याए । उनले हारगुहार गरिन् ।  कराउन थालेपछि मुख थुनेर बलत्कार प्रयास गरे । त्यसपछि पनि प्रतिकार गर्दा टाउकोले ढुङगामा हानेको उनले बताएकी छिन् । पक्राउ परेका युवकहरुले नै आफुलाई सुरुमा बलत्कार प्रयास गरेको र पछि हत्या गर्न खोजेको पीडित युवतीले  सनाखत गरेकी थिइन् । पक्राउ परेकाहरुले मदिरा र लागूऔषध सेवन गरेका थिए ।

बेलुका घर नआएपछि परिवारले  युवतीको खोजी सुरु गरेका थिए ।  फोन पनि नलागेपछि   प्रहरीलाई समेत जानकारी गराएर खोजी सुरु गरेका थिए । खोज्ने क्रममा भोलीपल्ट बिहान सडकमुनी उनलाई बेहोस अवस्थामा भेटाएका थिए । कपडा च्यातिएको थियो, उनी अर्धनग्न अवस्थामा  थिइन् । शरिरभरी चोट थिए ।  एक हप्तासम्म उनी बर्बाराउन मात्र सकिन् । एक हप्तापछि  मात्र  उनको पूर्ण रुपमा होस खुलेको थियो । अहिलेसम्म युवती अस्पतालमै छिन् । महानगरीय अपराध महाशाखाले करिब चार साता लगाएर घटनाको वास्तविकता पत्ता लगाएको हो । युवती सुन्दर भएकाले मोहित भएर उनीहरुले मदिराको नशामा बलत्कार गरेको प्रहरी आशंका छ ।

तपाईको प्रतिक्रिया