काठमाडौं– प्रतिनिधिसभा निर्वाचनमा केही रोचक पक्ष देखिएका छन्। वाम गठबन्धन, लोकतान्त्रिक र मधेस गठबन्धनमा धुव्रीकरण हुँदै भएको निर्वाचनमा धेरै जनसंख्या भएका जिल्लाका केही उम्मेदवारले ५० हजारभन्दा बढी मत ल्याएर निर्वाचित भएका छन्।

१ सय ६५ क्षेत्रमा पाँच क्षेत्रका उम्मेदवाहरुले आधा लाख जनताको मत पाएका हुन्। यसरी मत पाउनेमा एमाले अध्यक्ष केपी ओलीसहित एमालेका ४ र माओवादीका एक उम्मेवार छन्।

आधा लाखभन्दा बढी मत ल्याएर जित्ने उम्मेदवारहरु:

१. केपी ओली – झापा ५ (एमाले) – ५७ हजार १ सय ३९
२. सुरेन्द्र पाण्डे – चितवन १(एमाले) – ५१ हजार ८०
३. पार्वत गुरुङ – दोलखा (एमाले) – ५५ हजार ४ सय ५७
४. गोकुल बाँस्कोटा – काभ्रे २ (एमाले) – ५४ हजार ४ सय २७
५. सन्तकुमार थारु – बर्दिया २ (माओवादी केन्द्र) – ५० हजार ५ सय ५५

तपाईको प्रतिक्रिया