संखुवासभा, २८ मंसिर । बिहिबार मध्यान्हबाट संखुवासभासहित पुर्वका जिल्लामा मोबाइल र इन्टरनेट सेवा अवरुद्ध भएको छ । अप्टिकल फाइवरमा समस्या हुँदा संखुवासभा सहित चार जिल्लामा नेपाल टेलिकमको मोवाइल र इन्टरनेट सेवा अवरुद्ध भएको छ ।
अप्टिकल फाइवरमा आएको समस्याको कारण संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुममा सेवा अवरुद्ध भएको हो । धनकुटामा विछ्याएको अप्टीकल फाइवरमा समस्या सेवा अवरुद्ध भएको संखुवासभा दुरसञ्चार कार्यालयले जनाएको छ । समस्या भएको स्थानमा मर्मत भईरहेको कार्यालयले जनाएको छ ।
मोवाइल सेवामा समस्या भए पनि लेनलाइन र एडिएसल लगाएत अन्य सेवामा भने समस्या नरहेको कार्यालयको भनाई छ । अप्टिकल फाइवरमा समस्या भई ग्राहक वर्गमा पर्न गएको असुविधा प्रति टेलिकमले दुख प्रकट गरेको छ । सेवा अवरुद्ध हुँदा लाखौ सेवाग्रही मारमा परेका छन् ।