काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेताहरूको वैठक बिना निष्कर्ष टुङ्गिएको छ ।

बैकल्पिक सरकार गठनबारे छलफल गर्न बसेको जसपा शीर्ष नेताहरुको बैठकमा नेताहरूबीच मत बाझिएपछि विना निष्कर्ष टुंगिएको हो ।

लोकतान्त्रिक पार्टीमा फरक–फरक धारणा आउनु स्वभाविक भएको र भोलिसम्म एकीकृत धारणा तय गर्ने गरी आजको बैठक टुङ्गिएको संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका राष्टपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुलाई दिएको तीन दिनको समयसीमा बिहीबार सकिंदैछ ।

त्यसैका बिषयमा छलफल गर्नका लागि राजपा शीर्ष नेताहरूको बैठक बसेको थियो ।

तपाईको प्रतिक्रिया