काठमाडौँ । विश्व कोरोनाले आक्रान्त बनिरहेको समयमा वैज्ञानिक भ्याक्सिनपछि कोरोनाको औषधिको खोजिमा जुटेका छन्। पछिल्लो समयमा कोभिड १९ क्रिटिकल केयर एलाइन्स (एफएलसीसीसी) को नेतृत्वमा गरिएको अध्ययनको समिक्षाको समयमा वैज्ञानिकले ‘आइवरमेक्टिन’ नामक औषधि संक्रमण विरुद्धको प्रभावकारी पाइएको बताएको थियो।

भारतको गोवा सरकारले सोमबार यो औषधिको प्रयोग अनुमति समेत दिएको थियो। तर, डब्लूएचऔले यस औषधिको सेमनमा सावधानी अपनाउन निर्देशन दिएको छ।

विश्व स्वास्थ्य संगठनले मंगलबार ‘आइवरमेक्टिन’ को सामान्य उपयोगलाई लिएर सावधानी अपनाउन आग्रह गरेको छ। डब्ल्यूएचओकी प्रमुख वैज्ञानिक डा. सौम्या स्वामीनाथले ट्वीट गर्दै कुनै नयाँ औषधिको सेवन गर्दा सुरक्षा र प्रभावकारिता ध्यान दिनुपर्ने बताएकी छन्।

उनले क्लिनिकल ट्रायल बिना यस औषधिलाई सामान्य रुपमा कोरोना संक्रमितले प्रयोग गर्न नुहने उनको तर्क छ। यो औषधिलाई लिएर पछिल्ला दुई दिनमा डब्ल्यूएचओले दिएको यो दोस्रो चेतावनी हो। यस भन्दा पहिले मार्चमा एब्ल्यूएचओले अध्ययनकै क्रममा रहेकाले यसको प्रयोगको प्रभावकारिता बारे अहिले नै भन्न नसकिने जनाएको थियो।

डब्ल्यूएचओले झै औषधि निर्माता कम्पनी मर्कले पनि यसको प्रयोगलाई लिएर सचेत रहन आग्रह गरेको छ। कम्पनीका तर्फबाट विज्ञप्ति जारी गर्दै आइवरमेक्टीनलाई लिएर वैज्ञानिकले अध्ययन गरिरहेकाले अहिले नै प्रयोगमा सावधानी अपनाउन आग्रह गरेको हो।

अहिलेसम्म यो औषधिको प्रयोगले कुनै सार्थक प्रमाण नदिएको कम्पनीले जनाएको छ। केही अध्ययनमा औषधिले असर गरेको पाइएको थियो। एफएलसीसीसीको नेतृत्वमा गरिएको अध्ययनको समिक्षा गर्दै वैज्ञानिकले यो औषधि कोरोना नियन्त्रणमा सहायक हुनसक्ने पाइएको भए पनि यसको प्रभावकारिता र असर अध्ययनकै क्रममा रहेको बताएका थिए।

तर, यो औषधि एचआईभी, डेंगु, जिका र इन्फ्लुएन्जा जस्ता भाइरसमा प्रभावकारी पाइएको थियो।

तपाईको प्रतिक्रिया