काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान र पूर्वप्रधानमन्त्री बाहेकको सरकार बनाउन सुझाव दिएका छन्।

उनले देशको संकट हल गर्न भन्दै सामाजिक सञ्जालमा ४ सुझाव दिँदै उक्त कुरा बताएका हुन्।

‘देशको संकट हल गर्न यसो गरौं’, उनले लेखेका छन्, ‘१. धारा ७६ (२) वमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्व प्रधानमन्त्री बाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं। २. दलका प्रमुख/पूर्वप्रधानमन्त्री रहेको निर्देशक समिति बनाऔं। ३. साझा न्यूनतम कार्यक्रम (कोभिड नियन्त्रण, टिआरसी/मुद्दा, संविधान संशोधन, आर्थिक राहत लागू गरौं। ४. एक वर्षभित्र चुनाव गरौं।’

तपाईको प्रतिक्रिया