सप्तरीमा दुर्लभ अजिंगर भेटियो

राजविराज : सप्तरीमा खेतमा दुर्लभ जातीको अजिंगर भेटिएको छ। कञ्चनरुपको बरमझियास्थित खेतमा दुर्लभ मानिएको ब्रमिज जातको अजिंगर फेला परेको जिल्ला वन कार्यालय प्रमुख धिरेन्द्रप्रसाद सिंहले जानकारी दिए।

अजिंगर फेला परेपछि हेर्ने गाउँलेको भिड लागेको छ। अजिंगरको तौल नौ किलो र लम्बाई १० फिट लामो छ। गाउँघरमा देखिने सर्पभन्दा निकै लामो भएकाले किसानले नियन्त्रणमा लिई कञ्चनरुपको बरमझियास्थित सशस्त्र प्रहरी बल दन्तकाली गणमा बुझाएका छन्।

सशस्त्र प्रहरीले दुर्लभ प्रजातिको उक्त अजिंगर जिल्ला वन कार्यालयमा बुझाए पछि वन कार्यालयले बुधबार कोशी टप्पु वन्य जन्तु आरक्षमा बुझाएको कार्यालय प्रमुख सिंहले जानकारी दिए।

अन्नपुर्ण पोष्टबाट ।

तपाईको प्रतिक्रिया