पाँचथर, २७ मंसिर । पाँचथरको फिदिम नगरपालिका-४ बस्ने विपन्न परिवारका एक दम्पत्ति वृद्धवृद्धालाई जनसेवा समाज पाँचथरले सहयोग प्रदान गरेको छ । एक सय बर्षिय कबिराज राई र उहाँको धर्म पत्नी तिलमाया राइलाई घरमै गएर सहयोग प्रदान गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुँमागाईले चार बोरा चामाल,न्यानो कपडा, फिदिम १ का मुक्ति निरौलाले कम्पल ज्याकेट, जनसेवा समाजका सदस्य रुपा पोख्रेलले २ पिस डसना,जनसेवा समाजले जाडोको सामानहरु प्रदान गरिएको समाजका अध्यक्ष राजेन्द्र अधिकारीले वताउनुभयो ।

तपाईको प्रतिक्रिया