एजेन्सी । पछिल्लाे समय बलिउड चर्चित नायिका अनस्का शर्मा र क्रिकेट खेलाडी बिराट काेहली बिच बिवाहकाे समाचारले बजार तातेकाे छ । लामाे समयदेखी प्रेम सम्बन्धमा रहेका काेहली र शर्मा बिच अबकाे केही साता पश्चात बिवाहकाे मिति सार्वजनिक गरिसकेकाे बताइएकाे छ ।  समाचारअनुसार अनुष्का विवाहकै लागि भनेर सपरिवार इटाली रवाना भएकी छिन्। अनुष्काका पिताले आफन्तजन तथा छिमेकीहरूलाई इटालीमा हुने वैवाहिक कार्यक्रममा आउन निमन्त्रणासमेत दिइसकेका छन्।

तपाईको प्रतिक्रिया