काठमाडौं । कांग्रेस नेता डाक्टर शेखर कोइरालाले सत्तारुढ दल नेकपा एमाले जसरी पनि सत्ता कब्जाको उदेश्यमा रहेको बताएका छन् ।

उनले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा राजीनामा दिएका शंकर पोखरेललाई नै पुनः मुख्यमन्त्री नियुक्त गरेको गैरसंवैधानिक र गैरराजनीतिक घटनाले यसलाई पुष्टि गरेको बताएका छन् ।

उनले कांग्रेसलाई एमालेको बलमिच्याईँ, जबरजस्ती र संविधानमाथिको नग्न प्रदर्शन कदापि स्वीकार्य नहुने बताए ।

‘गैरसंवैधानिक र गैरराजनीतिक तरिकाले लुम्बिनी प्रदेशमा अल्पमतमा रहेका शंकर पोखरेललाई जसरी मुख्यमन्त्रीको सपथ गराईयो, यसले एमाले जसरी पनि सत्ता कब्जाको उद्देश्यमा रहेको स्पष्ट पारेको छ,’ नेता कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एमालेको बलमिच्याइँ, जबर्जस्ती र संविधानमाथिको नग्न प्रदर्शन कांग्रेसलाई कदापि स्विकार्य हुनै सक्दैन।’

तपाईको प्रतिक्रिया