काठमाडौं, मंसिर २७ – नयाँ संविधानले तोकेको नयाँ संरचना अनुसार गणतन्त्र नेपालको पहिलो प्रतिनिधिसभा तथा प्रदेशसभा चुनवाको प्रत्यक्ष तर्फको अन्तिम नतिजा आएको छ ।
सुनसरी क्षेत्र नम्बर ३ मा बुधबार बिहान सकिएको मतगणनाबाट नेपाली कांग्रेसका विजयकुमार गच्छदार विजयी भएसँगै प्रत्यक्ष तर्फ सबै क्षेत्रको मतपरिणाम आएको हो ।
मंसिर १० र २१ गते गरी सात प्रदेशका प्रतिनिधिसभाका एक सय ६५ र प्रदेशसभाका ३ सय ३० निर्वाचन क्षेत्रमा चुनाव भएको हो । यो चुनावको मतपरिणा अनुसार प्रत्यक्ष तर्फ नेकपा एमाले सबै भन्दा ठूलो पार्टी बन्यो । सबै प्रदेशमा गरी प्रतिनिधिसभामा ८० सिट जितेको एमाले एक्लैले प्रत्यक्षमा बहुमत ल्याउनबाट तीन सिटमात्रै पर रह्यो ।
यस्तै वाम गठबन्धनको अर्को घटक नेकपा माओवादी केन्द्र ३६ सिटसहित दोस्रो तथा २३ सिट जितेको नेपाली कांग्रेस तेस्रो पार्टी बन्यो । यस्तै राजपाले ११, संघीय समाजवादी फोरम नेपालले १०, राप्रपा, नयाँ शक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र एक एक ठाउँमा विजयी भए ।
यस्तै प्रत्यक्ष तर्फ प्रदेशसभा तर्फ पनि एमाले नै पहिलो पार्टी बन्यो । सात प्रदेशमा गरी ३ सय ३० प्रदेशसभा सिट रहेकोमा एमालेले १ सय ६८ सिट जितेको छ । यस्तै माओवादीले ७३, नेपाली कांग्रेसले ४१, संघीय समाजवादी फोरम नेपालले २४, राजपाले १६, ३ स्वतन्त्र, नयाँ शक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले दुई दुई तथा मजदुर किसान पार्टीले एक सिट जितेको छ ।
प्रतिनिधिसभा : कुन प्रदेशमा कुन पार्टीको कति सिट ?
प्रदेश नं. १
कुल सिट : २८
एमाले : १६
माओवादी केन्द्र : ६
कांग्रेस : ५
राप्रपा : १
प्रदेश नं. २
कुल सिट : ३२
राजपा नेपाल : १०
संघीय समाजादी फोरम नेपाल : ९
कांग्रेस : ६
माओवादी केन्द्र : ५
एमाले : २
प्रदेश नं. ३
कुल सिट : ३३
एमाले : २०
माओवादी : ७
कांग्रेस : ५
नेपाल मजदुर किसान पार्टी : १
प्रदेश नं. ४
कुल सिटी : १८
एमाले : १३
माओवादी केन्द्र : ३
कांग्रेस : १
नयाँ शक्ति : १
प्रदेश नं. ५
कुल सिटी : २६
एमाले : ११
माओवादी केन्द्र : ७
कांग्रेस : ५
संघीय समाजवादी फोरम नेपाल : १
राष्ट्रिय जनमोर्चा : १
स्वतन्त्र : १
प्रदेश नं. ६
कुल सिट : १२
एमाले : ६
माओवादी केन्द्र : ५
संघीय समावादी फोरम नेपाल : १
प्रदेश नं. ७
कुल सिट : १६
एमाले : ११
माओवादी केन्द्र : ३
कांग्रेस : १
राजपा : १