काठमाडौं । कोरोना परीक्षण समेत गरेर बुधबार बस्ने गरी बोलाइएको कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।

महामन्त्री पूर्णबहादुर खड्काले बढ्दो कोरोना संक्रमण महामारीका कारण आज दिउँसो २ बजे बस्ने गरी बोलाइएको बैठक स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।

समसामयिक राजनीति, पार्टीको १४ औँ महाधिवेशन, क्रियाशील सदस्यता लगायत विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको थियो ।

यसअघि सोमबारका लागि बोलाइएको बैठक कोरोना संक्रमण बढेको भन्दै परीक्षण गरेर मात्रै बस्ने गरी बुधबारका लागि स्थगित भएको थियो ।

मंगलबार कांग्रेसले सबै नेता र कर्मचारीको कोरोना परीक्षण गराएको थियो । एक सय ५९ जनाको कोरोना परीक्षण गराएको थियो ।

त्यसमध्ये केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठ, केन्द्रीय कार्यालयका कर्मचारी मुक्ति आचार्यसहित तीन जना गरी चार जनालाई कोरोना पोजेटिभ देखिएको छ ।
अर्को बैठक कहिले बस्ने भन्ने पछि जानकारी गराइने महामन्त्री खड्काले जानकारी दिए ।

तपाईको प्रतिक्रिया