अहिले विश्वभरि कोरोनाभाइरस सङ्क्रमण र त्यसबाट हुने रोग कोभिड-१९ को त्रास छ। विश्वका अधिकांश देशमा मान्छेका गतिविधिहरू अत्यावश्यक काममा मात्रै सीमित भएका छन् ।

आनुवंशिक संरचनामा आरएनए (RNA) भएका भाइरस अर्थात् विषाणुको एउटा समूहलाई वैज्ञानिकहरूले कोरोना भाइरस (Coronavirus) नामकरण गरेका थिए ।

चीनको वुहाननजिकै पशुपक्षी व्यापार हुने एउटा बजारमा पहिलो पटक यसको सङ्क्रमण देखिएको उक्त भाइरस केही महिनामै विश्वभरि फैलियो।

उक्त भाइरसको वैज्ञानिक नाम सार्स-कोभ-२ (Sars-CoV-2)  हो। सङ्क्रमणबाट हुने रोगलाई कोभिड-१९  (Covid-19) भनिन्छ। कोरोनाभाइरस सङ्क्रमणका लक्षणहरू यस प्रकार रहेका छन् ।

-घाँटी दुख्ने

– टाउको दुख्ने

-पखाला लाग्ने

-ज्वरो आउने

-खोकी लाग्ने

-श्वास फेर्न गाह्रो हुने

-बिग्रँदै गए निमोनिया हुने

-श्वासप्रश्वासका अन्य रोग लाग्ने

-मिर्गौला फेल हुने

-मृत्यु पनि हुन सक्ने

-सुँघ्ने क्षमता पनि शिथिल

केही मानिसहरूलाई सङ्क्रमण भए पनि कुनै गम्भीर लक्षण देखिँदैन। तर उनीहरूले थाहै नपाई अरूलाई भाइरस सारिदिन सक्छन्।

बच्ने उपाय 

-चिकित्सकसँग परामर्श लिने

-हाँच्छयुँ गर्दा आँखा र नाक नमिच्ने

-सरसफाइमा ध्यान दिने

-भीडभाडमा नजाने

-माक्स लगाएर मात्र हिँड्ने

-नियमित रूपमा सबुन पानीले हात धुने

-मुखामुख कुराकानी नगर्ने ।

-जथाभावी नथुक्ने ।

-अण्डा तथा मासु खानुपर्ने भए निकै राम्रोसँग पकाएर मात्र खाने ।

तपाईको प्रतिक्रिया