पाँचथर, मंसिर २७ – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत पाँचथरमा नेकपा एमालेले सबैभन्दी बढी मत प्राप्त गरेको छ ।
प्रतिनिधिसभातर्फ एमालेले २६ हजार ९३३ र प्रदेशसभातर्फ २४ हजार १०७ मत प्राप्त गरी सबैभन्दा बढी मत प्राप्त गरेका हुन् ।
नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ १७ हजार ९३५ र प्रदेशसभातर्फ १५ हजार ८५५ मत प्राप्त गर्याे ।
त्यस्तै नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ १० हजार १९१ र प्रदेशसभातर्फ ११ हजार १६३, राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा चार हजार ३७५ र प्रदेशसभामा तीन हजार ९६८ तथा संघीय समाजवादी फोरम नेपालले प्रतिनिधिसभामा दुई हजार ३८३ र प्रदेशसभातर्फ दुई हजार ४२६ मत प्राप्त गरेको छ ।
यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रतिनिधिसभातर्फ दुई हजार ३०० र प्रदेशसभातर्फ दुई हजार ७०२, एकीकृत राप्रपा राष्ट्रवादीले प्रतिनिधिसभातर्फ ४७४ र प्रदेशसभातर्फ ६४४ तथा नेकपा मालेले प्रतिनिधिसभामा ३८५ र प्रदेशसभातर्फ ३३६ मत ल्याएको छ ।