तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका–१ का दानबहादुर कार्कीले ५० रोपनीमा बन्दा, आलु, काउली र साग बाली लगाएका थिए । तर, बिहीबार साँझ असिनाले सबै नष्ट गरेको छ । ७ लाख रुपैयाँ नोक्सानी भएको कार्कीले बताए ।

‘आलुबाहेक बन्दाकोभी, काउली र साग टिप्ने बेला हुन लागेको थियो’, कार्कीले भने, ‘तर, विनाशकारी असिनाले सबै सोत्तर बनायो ।’ उनले अन्नबाली मासेर नगदेबालीमा तरकारी खेती गर्दै आएका छौ । खेतीलाई बिस्तार गर्दै यसबर्ष गतबर्षको तुलनमा केही धेरै आम्दानी लिने लक्ष्यका साथ खेती गरेका थिए । तर उनको लक्ष्य पुरा हुन पाएन । उनी जस्तै अर्का स्थानीय जंगशेर लिम्बुको ३० रोपनीमा फलेको तरकारी असिनाले चुटेर नष्ट गरि दिएको छ ।

‘बिहीबार बिहानसम्म हरीयाली रहेको तरकारीबाली सुक्रबार बिहान हेर्दा उराठ लाग्दो मरुभुमी झै देखिएको लिम्बु बताउँछन । गतबर्ष तरकारी बिक्रबिाट मात्रै १० लाख आम्दानी लिएका लिम्बुले यसबर्ष १५ लाख आम्दानी लिने सपना देखेका थिए । उनको सपना बिहीबार परेको असिनाले क्षणभर मै खरानी बनाई दियो । कार्की र लिम्बु जस्तै ग्याल्जेन सेर्पाले ३० रोपनी क्षेत्रफलमा लगाएको काउली बिक्री गर्न तयारी अवश्थामा थियो ।

बजारमा तरकारीको मुल्य राम्रै भएकाले आम्दानी पनी रामै्र लिने कुरमा ढुक्क थिए । तर एकाएक परेको असिनाका कारण आम्दानी लिनै नपाई उनले लगाएको तरकारी माटोमा मिल्यो । केही दिनमै बिक्री गर्न बजार लाने तयारी गर्दै थिए सेर्पा । तर असिनाले उनले उत्पादन गरेको तरकारी बजार पुर्याउन नपाई माटो मै मिलाई दिएको दुखेसो पोखे । कार्की लिम्बु र सेर्पा जस्तै यहाँका दुई बढी किसानले उत्पादन गरेको तरकारीबाली असिनाले नष्ट बनाएको छ । असिनाले तरकारी मात्रै नष्ट बनाएन बोट बिरुवा पनी उजाड बनाएको स्थानीय फुलमाया मगर बताउँछिन ।

जिल्लामै सबैभन्दा बढी तरकारी उत्पादन हुने क्षेत्र हो, छथर गाउँपालिका १ आङदिम । १० करोड रुपैयाँ बराबरको तरकारी बाली नष्ट भएको प्रारम्भिक तथ्यांक छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए । करिव २ सय घरपरिवार किसानले लगाएका बन्दाकोभी, काउली, आलु, मटरकोसा, सागलगायत तरकारी बाली असिनाले नष्ट बनाएको छ ।

त्यस्तै, रोप्न तयारी अवस्थामा रहेका वेर्नालाई असिनाले क्षति बनाएको छ । असिनाले किसानका टनेल घरका प्लास्टिक मात्रै होइन किसानका घरको टिनको छानो समेत प्वाल बनाइदिएको छ । यहाँ उत्पादन भएको तरकारी नेपाल लगायत भारतका बिभीन्न भुभागहरुमा बिक्री हुँदै आएको छ ।

यहाँका किसानहरुको मुख्य आम्दानीको श्रोत नै तरकारी खेती भएकाले असिना क्षती पुर्याएपछी आर्थिक संकट हुनेमा स्थानीय चिन्तीत बन्न थालेका छन । १० रोपनी देखी ५० रोपनी क्षेत्रफलमा यहाँका किसानहरुले तरकारी खेती गर्दै आएका छन । तरकारी बिक्रीबाट मात्रै बार्षिक २ लाख देखी १५ लाख रुपैयाँ सम्म यहाँका किसानहरुले आम्दानी लिँदै आएका छन । असिनाले क्षती गरेपछी स्थानीय सरकारले यहाँका किसानहरुलाई तरकारीको बिउ प्रदान गर्ने तयारी भएको गाउँपालिका अध्यक्ष तिगेलाले बताए ।

किसानहरुलाई राहातको निम्ती प्रदेश र केन्द्र सरकारमा पहल गर्ने समेत लिम्बुले बताए । गाउँ गाउँमा सडक सञ्जालहरु जोडिए सँगै यहाँका किसानहरु तरकारी बाली रोज्न थालेका हुन । किसानले उत्पादन गरेको तरकारी खरिदका लागी व्यापारीहरु घर घरमै पुगेर लैजाने गरेका छन । बजारको समस्या नभएकाले पनी यहाँका किसानहरु नगदेबाली तर्फ आकर्षित बन्दै आएका हुन ।

तरकारीको बिमाको बारे ज्ञान नभएका कारण पनी यहाँका किसानहरु थप मार्कामा पर्न बाध्य बनेका छन । ब्याबशायिक रुपमा तरकारी खेती उत्पादन गरेपनी बिमा भने कसैले गरेका थिएनन्। । यतीबला यहाँका किसान आफुले खेती गरेको तरकारीबाली बगर झै बनेको टुलटुल हेर्न बाध्य छन ।

तपाईको प्रतिक्रिया