तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका–७, जिरीखिम्तीमा ल्याण्डरोभर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

म्याङलुङबाट मोराहाङ जादैँ गरेको को १ ज ३४०९ नम्बरको ल्याण्डरोभर आईतबार राति ८ः३० बजे जिरीखिम्तीबजार स्थित लाक्चाङटोलमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी ल्याण्डरोभर चालक मोराहाङ बस्ने ४५ वर्षिय कृष्ण खापुङको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ल्याण्डरोभर सडकबाट करिब १५० मिटर तल खसेको छ । घटनास्थलमा चालकबाहेक अरु कोही पनि नभेटिएको र चालकको पनि मृत्यु भएकाले यात्रुहरु भए÷नभएकोबारे यकिन गर्न नसकिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया