काठमाडौँ । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ। दुई सातामै मूल्य बढाएको हो।

नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको छ। यसअघि चैत २२ गते मूल्य बढाएको थियो।

आजको मूल्य बृद्धिसँग अब पेट्रोलको प्रतिलिटर १२१ रुपैयाँ भएको छ। त्यस्तै, डिजेल र मटितेलको मूलइ प्रतिलिटर १०४ रुपैयाँ पुगेको छ।

यसैगरी निगमले आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्य पनि बढाएको छ। हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ। योसँगै हवाई इन्धनको मूलय ७६ रुपैयाँ पुगेको छ।

एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।

तपाईको प्रतिक्रिया