काठमाडौँ । देशका अधिकांश भू–भागहरूमा तुवाँलो रहे पनि सामान्यतया मौसम भने सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

देशका अधिकांश भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ । दिउँसो सुदूरपश्चिम प्रदेशका अधिकांश भागसँगै देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने विभागले बताएको छ ।

देशका केही पहाडी भू–भागमा अपराह्नपछि मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।  त्यसैगरी राति देशका पहाडी भू–भागमा आंशिक बदली रहने तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया